पहाडमा युवा छैनन् । जो छन् अधवैशैं, बुढा केटोकेटीमात्र छन् । जति पनि युवा छन्, कि राजधानी झरेका छन्, कि मलेसिया, साउदीतिर पुगेका छन् ।
पहाड युवाविहीनमात्र होइन, बालीनालीका हिसावले पनि पहाड नांगिन थालेको छ । जो शारीरिक रुपले स्वस्थ छन्, ती महिलाहरु आफै यसरी हलो जोत्न बाध्य भइरहेका छन् ।
पहिले पहिले आइमाईले हलो जोत्न हुन्न भन्थे, अहिले हलो नजोतो मुखमा माड नलाग्ने स्थिति छ पहाडमा ।
विश्व बैंकले विदेशतिर नेपाली युवायुवतीको पलायनबारे अनेकन अध्ययन गरिरहेका छन् । ३ करोड जनसंख्या भएको मुलुकका ६० लाख युवा विदेशीएपछि नेपालको युवाशक्तिको कुन बेहाल भएको होला ?
तिनले पठाएको रेमिटान्सले चल्ने नेपालको नाना, खाना, छाना र अर्थतन्त्रको कुन हविगत भएको होला ?
र, यहीकारणले १२ खर्बको बजेट भएको मुलुकको व्यापार घाटा ९ खर्ब पुगेको भर्खरको सरकारी तथ्यांकको सन्देश के हुनसक्छ ? यसबारेमा नेपालप्रति चिन्ता प्रकट गर्नेहरुले तत्काल विश्लेषण गर्न जरुरी छ ।
भन्नलाई विश्ववैंकले समेत आगमी २० वर्षमा नेपाल बुढाबुढी र केटाकेटीको देश हुनेछ भनेको छ । के विश्वबैंकले गाँजा खाएर दिएको विश्लेषण हो र यो ? यसबारेमा नेपाली हुँ भन्नेहरुले किन चिन्ता गरिरहेका छैनन् ? न्यूज अभियान बाट साभार



