एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलमा सुरज थापाको यात्रा समाप्त भएको छ। शुक्रबार प्रसारित कार्यक्रममा दर्शकको कम भोट पाएको आधारमा सुजाता पाण्डे, निशान भट्टराई र सुरज थापा बटम थ्रीमा परेका थिए। त्यसमध्ये नेपाल आइडलकी एक मात्र महिला प्रतिस्पर्धी सुजाता सुरुमै सुरक्षित भइन्।

सुजाता सुरक्षित भइसकेपछि निशान वा सुरजमध्ये एक जना आउट हुने स्थिति देखियो। दुवै यसअघि पनि कम भोट पाएका आधारमा डेन्जर जोनमा परिसकेका थिए। अन्तत सुरज थापा नेपाल आइडलबाट बाहिरीए ।

सानैदेखि संगीतमा रुचि राख्ने सुरज थापा विभिन्न आरोह अवरोहको सामना गर्दै नेपाल आइडलको टप सिक्ससम्मको यात्रा तय गरेका हुन् । शुक्रबार नेपाल आइडलको मञ्चमा अन्तिम प्रस्तुति स्वरुप उनले पहिले नै प्रतियोगिताबाट बाहिरिएका सुरज तामाङसँग उपस्थित भएका थिए । विकट जिल्ला दैलेखमा जन्मेका सुरज थापाको परिवार अहिले भने नेपालगञ्जमा बस्दै आएको छ ।

२०४३ सालमा बुवा मानबहादुर थापा र आमा दिलमाया थापाबाट जन्मेका सुरज थापा नेपाल आइडलमा आउनुभन्दा पहिले थुप्रै संघर्ष गरेका छन् । आफू भारतीय सेनाको लाहुरे भएकाले सुरजका बुवाको चाहना छोरो पनि लाहुरे बनोस् भन्ने नै थियो ।
शुक्रबार नेपाल आइडलका मञ्चबाट बिदाई गर्नुपर्दा निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी भक्कानिएक थिइन् । त्यस्तै अर्का निर्णायक कालीप्रसाद बास्कोटाका आँखा पनि रसाएका थिए ।

प्रतियोगितामा टप फाइभमा पर्न सफल भए पनि पाँच प्रतियोगी बुद्ध लामा, सुजाता पाण्डे, निशान भट्टराई, सागर आले र प्रताप दास सुरजलाई बिदाई गर्नु पर्दा निकै नै भावुक भएका थिए । क्लासिकल र सुफी गायनमा निकै नै पोख्त सुरज थापा पप र आधुनिक गीत पनि उत्तिकै मिठो गाउँछन् ।

शुक्रबार प्रतियोगिताबाट बाहिरिँदै गर्दा उनले भने, ‘चार महिनामा मैले नेपाल आइडलबाट जे पाएँ, त्यो मेरा लागि उपाधिभन्दा पनि ठूलो उपलब्धी हो ।

यहाँहरुले दिनुभएको माया र हौसला नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।’ नेपाल आइडलमा झलकमान गन्धर्वको गीत ‘हे बरै’ गाएर सबैलाई रुवाएका सुरज नेपाल आइडलबाट बिदा भएर गए पनि नेपाली गीत संगति क्षेत्रमा एक उज्जवल नक्षत्रका रुपमा उदाउने सम्भावना देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah