बिपिपि/दमक
झापाका खोलाहरुमा पानीको सतह घटन थालेपछि कटानबाट पीडित बनेकाहरु खोलाको कटान रोकथामका लागि जुटेकाछन् ।
झापाको कमल गाँउपालिका, गौरादह नगरपालिकाको साविक कोहवरा, दमक नगरपालिका लगायतका खोलाबाट पीडितहरु बालुवा बोरामा भरेर अस्थाइ तटबन्धनमा जुटेकाहुन् ।
गौरादहका स्थानीय सामाजिक अगुवा मदन अधिकारीका अनुसार मंगलवार दिउसोबाट घरखेत जोगाउनका लागि घरका सबै सदस्यहरु खोला नियण्त्रणका लागि जुट्न थालेकाछन् ।
रतुवा खोलामा लगाएको तटबन्धनहरु भत्कदा बिभिन्न ठाँउहरुबाट खोलो बस्तिमा प्रवेस गर्दा सयौ घर डुबानमा र सयौ बिगाह जग्गा कटान शुरु गरेपछि स्थानीयहरु सबै काम छाडेर खोला नियण्त्रणमा लागेको उहाँको भनाइ छ ।
स्थनीय तहहरुले बाढी प्रभावितहरुको रातह, पुर्नस्थापनासंगै कटान रोक्ने उपाय अवलम्बन गर्न तथा तटबन्धनलाइ प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेकाछन् ।
कमल गाँउपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार तारजाली र बोराका लागि धेरै ठाँउबाट माग आएको छ । धेृरै कटान भएका र जोखिमयुक्त ठाँउहरुमा अस्थाइ तटबन्धनका कामहरु भइरहेको उहाँले बताउनु भयो ।
झापामा कन्काइ, रतुवा, मावा, कमल, बिरिङ, मेची, देउनिया लगायतका खोलाहरुले सबैभन्दा बढि क्षति पुर्याउदै आएकाछन् । अहिले खोलाहरुमा पानीको बहाव घटेपछि कटान तिब्र बनेको छ ।
खेतीयोग्य जमिन तथा धान खेतहरुमा पानी कुदिरहेको बताईएको छ । जिल्ला कृषि बिकास कार्यालय झापाका अनुसार झण्डै १५ हजार हेक्टर धान खेतमा पानी बगेको थियो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलका अनुसार धेरै ठाँउहरुमा अहिले तटबन्धनको काम भइरहेको छ । अस्थाइ तटबन्धनका लागि तारजाली तथा बोराहरु उपलब्ध गराउनका लागि स्थानीय तहहरुले प्रयास गरिरहेको र आफूहरुले पनि उपलब्ध गराउने काम गरिरहेको पोर्तेलले जनाउनु भयो ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार बुधबारसम्ममा झापामा बाढीमा परेर १२ जनाको ज्यान गइसकेको छ भने २ जना बेपत्ता रहेकाछन् ।
बिभिन्न खोलाहरुमा गएको बाढीका कारण भएको क्षतिको बिवरण तयार पार्नका लागि सम्बन्धित सरोकारवाला निकायहरुलाइ निर्देशन दिइसकिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनु भयो ।



