भोलि (सोमबार)बाट देशभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट सिस्टम लागु हुने भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार इम्बोस्ड नम्बर नेपालमै पहिलो पटक प्रयोगमा ल्याइन लागेको हो ।

इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनको सम्पूर्ण तयारी भइसकेको र सोमबारबाटै यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालयबाट यसको औपचारिक उद्घाटन गरिने यातायात व्यवस्था विभागका प्रशासनिक निर्देशक डा. टोकराज पाण्डेले बताए ।

सवारीसाधनलाई निजी, सरकारी, कूटनीतिक नियोग र सार्वजनिक गरी ४ वर्गमा विभाजन गरी नम्बरप्लेट प्रदान गरिनेछ । सवारीधनी वा संस्थाले आवेदन दिएको एक हप्ताभित्र इम्बोस्ड नम्बरप्लेट प्रदान गर्ने व्यवस्था मिलाइएको पनि निर्देशक पाण्डेले जानकारी दिए ।

के हो इम्बोस्ड नम्बरप्लेट ?

सवारीसाधनलाई व्यवस्थित गर्न विकसित मुलुकहरुमा प्रयोगमा आइसकेको अत्याधुनिक प्रविधिको नम्बरप्लेट नै इम्बोस्ड नम्बरप्लेट हो ।
फलामको पातामा अंक र अक्षर राखिएको यो नम्बरप्लेट हाल सवारीसाधनमा प्रचलित नम्बर प्लेटभन्दा फरक र अक्षरहरु उचाइमा रहेका कारण यस्तो नम्बरप्लेटलाई इम्बोस्ड नम्बरप्लेट भनिएको हो ।

इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन सर्किट’ रहनेछ, जसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा सञ्चालित छ भन्ने पत्ता लगाउँछ ।

सुरुवात विभागकै सवारीसाधनबाट 

पहिलो चरणमा सरकारी निकायअन्तर्गत यातायात व्यवस्था विभागकै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिने र यसपछि कूटनीतिक नियोग, निजी र सार्वजनिक सवारीमा इम्बोस्ड नम्बर जडान गरिने व्यवस्था मिलाइएको छ ।

सरकारीपछि कूटनीतिक नियोगका सवारीमा जडान गरिएको एक महिनाभित्रमा नै निजी र सार्वजनिक सवारीमा पनि इम्बोस्ड नम्बर जडान गरिने निर्देशक पाण्डेले स्पष्ट पारे ।
इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा आएको पाँच वर्षभित्र देशभरका २६ लाख सवारीमा यसको कार्यान्वयन गर्ने सरकारको योजना छ ।

पहिलो चरणमा ४० हजार

यातायात व्यवस्था विभागका अनुसार भदौ ५ मा सरकारी सवारीसाधनबाट सुरु इम्बोस्ड नम्बरप्लेट जडान कूटनीतिक नियोगका दुईपाङ्ग्रे र चारपाङ्ग्रेसमेतका ४० हजार सवारीमा जडान गरिने छ ।

यो व्यवस्थाका लागि विभागले मुलुकभरका सम्पूर्ण यातायात व्यवस्था कार्यालयलाई गत वर्षको फागुनसम्ममा दर्ता भएका कूटनीतिक र सरकारी सवारीको संख्या विभागमा पठाइसक्न निर्देशन दिएको थियो ।

यस्ता छन् विशेषता

इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनपछि सवारी व्यवस्थापनका लागि मुख्यगरी ३ फाइदा पुग्नेछन् । सवारीसाधनको चोरी नियन्त्रण हुने र एकपटक लगाइएको इम्बोस्ड नम्बर १० वर्षसम्म रहन्छ । कर छलेर सञ्चालन भइरहेका सवारी नियन्त्रण गर्न पनि यसबाट सहज हुने बताइएको छ ।

इम्बोस्ड नम्बरप्लेट कार्यान्वयन भएसँगै नेपाली सवारीसाधन पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका हुनेछन् । “इम्बोस्ड नम्बर कार्यान्यनमा आएसँगै संसारभर नै सवारीसाधनको नम्बरमा एकरुपता आउनेछ,” निर्देशक पाण्डेले बताए ।

हाल नेपालमा नौ प्रकारका सवारीसाधन रहेकोमा इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा आएसँगै सवारीसाधनको प्रकार सरकारी, निजी, कूटनीतिक नियोग र सार्वजनिक गरी चार किसिममा सीमित हुनेछन् ।

यसअघि सन् २०१६ मा यातायात व्यवस्था विभागले अमेरिकी कम्पनी डेकाटोर र बङ्गलादेशी कम्पनी टाइगर आइटीको संयुक्त उपक्रम कम्पनीबीच सम्झौता गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउँदै सन् २०१७ को मार्चसम्ममा सेवा उपलब्ध गराउने सम्झौता भएको थियो ।

यसअघि गत आर्थिक वर्ष ०७३–०७४ को नीति तथा कार्यक्रममा इम्बोस्ड नम्बरप्लेट लागु गरिने उल्लेख भएको र यातायात व्यवस्था विभागले ०७४ वैशाख पहिलो सातामै सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने बताउँदै आए पनि इम्बोस्ड नम्बर जडानमा विभिन्न कारणले चार महिना समय लम्बिएको यातायात व्यवस्था विभागले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah