नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री गगन थापाले बुढानिलकण्ठमा नेकपा एमालेका स्थानीय नेताको घरमा रातभर मतदाता नामावली संकलन भैरहेको घटनाको तीव्र विरोध जनाएका छन् ।

व्यवस्थापिका–संसद्को बैठकमा विशेष समय लिएर उनले यस्तो विरोध जनाएका हुन् ।

“यसअघिका दिनमा मानिसहरुलाई भोलिपल्ट आउनुस् भन्ने तर बेलुकाको पाँचबजेपछि नेताको घरमा पुगेर मतदाता नामावली संकलन भइरहेको थाहा पाएका थियौं,” उनले भने, “यसमा निर्वाचन आयोगको पदाधिकारीको संलग्नता छ भन्न पाउने कि नपाउने ? वडाअध्यक्षजस्तो व्यक्ति यस्तो घृणित काममा लाग्दा त्यो पार्टीले जवाफ दिनुपर्ने कि नपर्ने ?”

उनले काठमाडौंमा नै यस्तो भएको बताउँदै बाहिर कस्तो होला भन्ने प्रश्न गरेका थिए ।

“अरुबेला निर्वाचनको निष्पक्षताका बारेमा प्रश्न उठाउने तर अहिले आफैं संलग्न भएर यस्तो काम गर्ने ?,” उनको प्रश्न थियो, “प्रश्न उठाउने मात्रै होइन, उत्तर कसरी लिने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।”

उनले यो सरासर चोरीको विषय भएकाले प्रशासनले कारवाही गर्नुपर्ने माग पनि गरे ।

“यो चोरी हो,” उनले भने, “चोरीमा संलग्नलाई प्रशासनले कारवाही गर्दैन भने हामीले न्याय लिने कुरा लिएरै छाड्छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah