बिष्णुप्रसाद पोखरेल
दमक/नेपालको नै पबित्र धार्मिक स्थल पाथिभरा मन्दिरमा भेटिको रुपमा चढाइएको करिब १७ टन सिक्काहरु सोमबार दमक ल्याइ पुर्याइने भएको छ ।

बर्षौदेखि जम्मा भएका सिक्काहरु ब्यवस्थापनमा समस्या झेल्दै आएको मन्दिर ब्यवस्थापन समिति र दमक स्थित कन्काइ बिकास बैकबीच यस रकम ब्यवस्थापनको बिषयमा गत बैशाखमा सम्झौता भएको थियो ।

बैकका कार्यकारी प्रमुख प्रकाशमान बज्रचार्यका अनुसार मन्दिरमा भेटिको रुपमा चढाइएका सिक्काहरु सबै बैकले लिइदिने सहमति भएको छ ।

यसै अनुसार आइतवार ताप्लेजुङबाट ति सिक्काहरु ट्रकमा लोड भएर दमक आइरहेकाछन् । यातायात खर्च समेत बैकले नै बेहोर गर्ने समेत बताईएको छ । कति रकम छ भन्ने याकिन नभएपनि करि १७ टन रहेको अनुमान रहेको बताइन्छ ।

बैकका कार्यकारी प्रमुख बज्रचार्यका अनुसार मन्दिरमा चढाइएका रकम जस्ताको त्यस्तै लिन चाहाने जो कोहिले पनि लैजान चाहेको रकम तिरेर त्यो सिक्का पाउने ब्यवस्था बैकले मिलाउने छ ।

बज्रचार्यका अनुसार जस्तो चढाएको अवस्थामा रंग तथा चन्दन लागेका सिक्का लैजान चाहानेले त्यो पाउने बाँकी रहेका रकम थोइपखालि सफा गरिने र बैक तथा डिर्पाटमेन्टर स्टोरबाट पनि बाड्ने ब्यवस्था मिलाउने जनाइएको छ ।  रहेको सिक्का राष्ट्र बैकमा साटिने तयारी भएको बज्रचार्यले बताउनु भयो ।

सिक्का सटहि भएर नोट भएपछि त्यो रकम मन्दिर ब्यवस्थापन समितिले पाउने छ । आइतवार सेनाको टोलीले बोराहरुमा हालेर सिक्का रकमहरु तल झारेको बताइन्छ ।

मन्दिरको रकम सर्वसाधरण जो सुकैले पनि नोट दिएर त्यहि बराबरको सिक्का लैजान सक्ने ब्यवस्था बैकले मिलाउने बताइन्छ । कन्काइ बिकास बैकले यस बिषयमा सोमबार अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah