प्रमुख सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई वुद्धि नभएको कोटीका नेताको संज्ञा दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले नयाँ शक्तिबाट माओवादी केन्द्रमा फर्किएका रामचन्द्र झाको चरित्रचित्रण गर्दै बाबुराम भट्टराईबारे टिप्पणी गरेका हुन् । ज्ञान भएकाहरुले, खुकुरी, चुपी, बन्दुक आदी इत्यादी बनाउँछन् । तर, उनीहरुलाई त्यसलाई कहाँ राख्ने, कसरी प्रयोग गर्ने भन्ने थाहा हुँदैन, अध्यक्ष दाहालले भने, ‘यहाँ धेरै विद्धानहरु छन् । ज्ञान छ तर, वुद्धि छैन । मेरो विचारमा बाबुराम जी पनि त्यस्तै कोटीमा पर्नु हुन्छ ।’
मैले भन्ने गरेको छु विद्धान् र वुद्धिमान एउटै होइनन्, दाहालले भने, ‘बाबुरामजीलाई ज्ञान छ । वुद्धि छैन, । रामचन्द्र पनि नियति त्यस्तै होकी भनेको त्यस्तो हाइन रहेछ । दाहालले थपे, ‘उहाँलाई ज्ञान पनि छ, वुद्धि पनि छ । फर्केर सही समयमा सही ठाउँमा आउनु भयो ।’ तराई नेपालको राजनीतिको केन्द्रविन्दुमा रहेको बताउँदै दाहालले माओवादी केन्द्रमा फर्किएका झालाई तराईमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा तपाईको भूमिका महत्वपूर्ण छ भने । हाम्रा कुरामा खबर रहेको छ
उनले भने, ‘तपाईहरु समान्य नेता होइन । जनताले विश्वास गरेको र जनआधार भएको नेता हो । अब मलाई पार्टीभित्र तपाईहरुको व्यवस्थापन चुनौतीपूर्ण छ ।’ दाहालले झाको निकै चर्चा गरे । उनले भने, ‘उहाँ एमाले छोडेर माओवादीमा आउँदै गर्दा एमालेका बरिष्ठ नेताहरुले मलाई भन्नु भो । तपाईहरुले एउटा विद्वान् लैजानु भो ।’ तर, एउटा विद्वान् अर्को विद्वान्को पछि लागेर हैरान । दाहाले यत्ति भन्दा हाँसोको फोहरा छुट्यो । दाहालले भने, ‘तर आज उहाँ (रामचन्द्र झा) सही ठाउँमा सही निर्णय गरेर आउनु भएको छ ।’ हिजो एमालेबाट आउँदा रामचन्द्र जीले पद हेर्नु भएन । मुद्दा हेर्नु भएको हो । मुद्दा हेरेरै हाम्रो पार्टीमा आउनु भएको हो, –दाहालले भनेका छन् ।
अध्यक्ष दाहालले यो इतिहासमा विरलै हुन्छ भन्दै, ‘परिवर्तन संस्थागत गर्ने सन्दर्भमा हामी एक हुन आवश्यक छ । तपाईहरुमाथि पूरै न्याय गरिने छ । कुनै विभेद गरिने छैन ।’ योबीचमा पनि कतिपय साथीहरुले अझै क्रान्ति पूरा भएको छैन, क्रान्ति गरौँ भने, कतिपयले मधेसको मुद्दा अझै स्थापित भएन भने र कतिपयले संविधान कार्यान्वयनका लागि सहकार्यको राजनीति गर्नै पर्छ भने, दाहालले वेलिविस्तारमा भनेका छन्, ‘अब फेरि परिवर्तनकारी शक्तिहरु एक हुँदै छन् । बलियो स्थितिमा पुग्दै छन् ।’
अध्यक्ष दाहालले बाबुराम, मोहन वैद्य र विप्लव सबै माओवादीमा फर्किनुको विकल्प नरहेको भन्दै यसो नगरिए आफैं सकिएर जाने धारणा राखे । दाहालले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा राजपा सहभागि हुने समेत जिकिर गरे ।
नयाँ शक्तिको सह–संयोजक भएका रामचन्द्र झासहित रामकुमार शर्मा, कलामुद्धिन रायन, ब्रिज किशोर यादवलगायत औपचारिक रुपमा माओवादी केन्द्रमा फर्किएका छन् ।



