माधवप्रसाद पाण्डेय ‘विद्यावारिधि’
२०७४ भाद्र ३– ९ गतेसम्म
भाद्रकृष्ण द्वादशी ÷ त्रयोदशी – भाद्रशुक्ल चतुर्थीसम्म
३ गते शनिप्रदोषव्रत,
५ गते सोमबारे औंसी, कुशे औंसी, पिताको मुख हेर्ने दिन,
गोर्कणस्नान, मोतीजयन्ती, मन्वादि,
६ गते डोलेश्वर उत्सव,
७ गते चन्द्रोदय, दर खाने दिन,
८गते हरितालिकाव्रत, तीज, मन्वादि,
९ गते गणेशचतुर्थीव्रत, राष्ट्रिय धर्मसभादिवस,
मेषः साताको प्रायः दिन अनुकूल रहनेछन् । शनिबार सहकार्यमा सहज हुनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार प्रतिस्पर्धा सार्थक रहनेछ । बृहस्पति, शुक्रबार आटे ताकेको काम सजिलै बन्नेछ । आत्मबल बढ्नेछ ।
वृषः साता सरदर खालको रहनेछ । शनिबार मध्यम प्रायः रहनेछ । रवि, सोमबार कार्यगत तीव्रता थपिनेछ । मंगल, बुधबार दुविधा र त्रासबाट प्रभावित रहनेछ । बृहस्पति, शुक्रबार बुद्धिवर्धक काम गरिनेछ । शरीर स्वस्थ रहनेछ ।
मिथुनः साता मिश्रित प्रायः रहनेछ । शनिबार उन्नन्नतिकारक र भाग्यवर्धक रहनेछ । पढाइले गति लिनेछ । रवि, सोमबार मध्यम रहनेछ । मंगल, बुधबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
कर्कटः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार भाग्योदयकारक रहनेछ । मंगल, बुधबार निकै अर्थपूर्ण रहनेछ । बृहस्पति, शुक्रबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ ।
सिंहः साताको प्रायः दिन अनुकूल रहनेछन् । शनिबार नवीन आयस्रोत खुल्नेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार भाग्योदय हुनेछ । उच्चस्तरीय कार्यव्रmम बन्नेछ । बृहस्पति, शुक्रबार बोलीवचनमा प्रभाव बढ्नेछ ।
कन्याः साताको सुरु र अन्तिम दिन अनुकूल रहनेछन् । शनिबार आटेको कामममा सफलता मिल्नेछ । रवि, सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मंगल, बुधबार खर्चिलो रहन सक्नेछ । बृहस्पति, शुक्रबार उपयुक्त अवसर मिल्नेछ ।
तुलाः साताको मध्य भाग अनुकूल रहनेछ । शनिबार मध्यम प्रायः रहनेछ । रवि, सोमबार मानसम्मान, पदप्रतिष्ठा मिल्नेछ । मंगल, बुधबार निकै लाभदायक रहनेछ । मन प्रसन्न हुनेछ । बृहस्पति, शुक्रबार खर्चको मात्रा बढ्न सक्छ ।
वृश्चिकः साताको उत्तरार्ध अनुकूल रहनेछ । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम रहनेछ । मंगल, बुधबार मानोन्नतिको अवसर आउनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बृहस्पति, शुक्रबार प्राप्तिका स्रोतहरु खुल्नेछन् ।
धनुः साता प्रायः अनुकूल रहनेछ । शनिबार पारिवारिक सहयोग मिल्नेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार दानशील रहनेछ । स्वास्थ्य सबल रहनेछ । बृहस्पति, शुक्रबार आटेको काममा सफलता मिल्नेछ ।
मकरः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार शत्रु पराजित हुनेछन् । रवि, सोमबार यात्रा, व्यापार व्यवसाय बढ्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति,शुक्रबार धर्मकर्म गरिनेछ । मन प्रसन्न हुनेछ ।
कुम्भः साताको मध्य भाग अनुकूल रहनेछ । शनिबार मध्यम प्रायः रहनेछ । रवि, सोमबार आटे ताकेको काम बन्नेछ । मंगल, बुधबार पारवहन कार्य सहज रहनेछ । परिवारको सहयोग पाइनेछ । बृहस्पति,शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
मीनः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार भयप्रद रहनेछ । मंगल, बुधबार शत्रु परास्त हुनेछन् । बृहस्पति, शुक्रबार यात्रा सफल रहनेछ । दाम्पत्य जीवनमा नयाँ पन छाउनेछ ।



