काठमाण्डौ । सर्वोच्च अदालतले केही दिनअघि राप्रपाबाट छुट्टिएर नयाँ दल घोषणा गर्ने तयारीमा रहेका पशुपति शमशेर राणाको पक्षमा आदेश दिएको छ । सोमबार सर्वोच्चले सो आदेश दिएको हो ।

राणा राप्रपा प्रजातान्त्रिक निर्माणको तयारीमा लागेका छन् ।  न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघिकै हस्ताक्षरलाई सदर गर्दै नयाँ दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशसँगै अब राप्रपा प्रजातान्त्रिकले दलको मान्यता पाउने सम्भावना देखिएको छ । राप्रपाका अध्यक्ष कमल थापा पक्षले राणा पक्षले नक्कली हस्ताक्षर गरेर दल दर्ता गर्न लागेको आरोप लगाएलगत्तै निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न राणा पक्षलाई बोलाएको थियो ।

योसँगै राणा पक्षको समुहलाई आयोगले शंकाको दृष्टिकोणले हेरेपछि उनले(राणा) यसअघिकै हस्ताक्षरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah