महाभाराको कुञ्जीवारी बजारमा हाईटेन्सन बिजुलीको तार खस्दा मंगलवार बिहान एकै परिवारको तीनजना गम्भिर घाइते भएकाछन् । घर नजिकै रहेको गोठमा रहेका दूइवटा चौपाया करेन्ट लागेर मरेकाछन् ।
बिहान ६ बजे पोल माथिको तार खस्दा टिनको छानो भएको घरमा करेन्ट प्रवाह हुँदा घरमूलि चन्द्र काफ्ले उनकी श्रीमती राधिका काफ्ले र छोरी जमना काफ्ले गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
उनिहरुको अहिले बिर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कुन्दन देबले बताए । उनका अनुसार घरमूलि काफ्लेको होस खुलेको छ भने आमा र छोरीको अझै पनि अचेत अवस्थामा रहेकाछन् ।
घर नजिकै रहेको ओमनारायण राजबंशीको ग्वालीमा समेत करेन्ट प्रवाह हुदा एउटा गाइ र गोरु मरेको जनाईएको छ । तार खसेपछि आसपासमा कडा आवाज आएको समेत बताइएको छ ।



