काठमाडौं । तीज सम्बन्धी गीत संगीतहरु र भिडियाे सार्वजनिक गर्ने चटारोले छपक्कै छोपेको छ कलाकारहरु लाइ, किनकी नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै गईरहेको छ । कतिपय कलाकारहरु गीतको भिडियो सार्वजनिक गर्न व्यस्त छन् भने केही कलाकारहर विदेशका विभिन्न कार्यक्रमहरुमा व्यस्त छन् ।कतिपय भिडियो निर्माण गरिरहेका सर्जकहरुले यस वर्ष पनि अस्लिल शब्दहरु राखेर नै तीजका गीतहरु सार्वजनिक गरेका छन् तर कतिपयले यसपाली पनि मौलिक गीतहरु सार्वजनिक गरेका छन् । यस्तैमा अलिक फरक शैलीमा एउटा भिडियो सार्वजनिक भएको छ शिव जी नै छक्क…।
नेपाली कला संस्कृति र विशेष गरी नेपाली नारीहरुको पहिरनको हालको शैलीलाई व्यङ्ग्य गरेर रोमाञ्चक शैलीमा बनाईएको शिव जी नि छक्क बोलको उक्त गीतको शब्द तथा संगीत तुलसी बाँस्कोटाको रहेको छ भने गायक तथा संगीतकार ताराबीर पाण्डेको साथमा दिलकुमारी श्रेष्ठले स्वर दिएका छन् । राजिव शाहले संगीत संयोजन गरेको उक्त गीतको भिडियोको जनकराज अधिकारीले छायाँकन गरेका छन् । भिडियोमा लक्ष्मी श्रेष्ठ,रवि कोईराला, विशाल खरेल, कासी तामाङ, राजेश राउत,सुस्मा भण्डारी र मनिष रञ्जन बरालले नृत्य तथा अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी विक्रम मालाकीले गरेका हुन् भने यसलाइ तुलसी बाँस्कोटाले निर्देशन तथा सम्पादन गरेका हुन ।



