काठमाडौं । प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले संविधान संसोधन प्रस्ताव फेल गराउन भूमिका खेलेर एमालेले दूर्भाग्यपूर्ण काम गरेको आलोचना गरेको छ ।

मंगलबार विहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलय बैठकले देशलाई एकताबद्ध राख्ने र संविधान कार्यन्वयन गर्ने महत्वपूर्ण प्रस्ताव एमालले फेल गराएको निश्कर्ष निकालेको छ ।

बैठकपछि माओवादी प्रवक्ता पम्फा भूषालले भनिन्, ‘संसोधन प्रस्ताव राष्ट्रलाई एकताबद्ध राख्ने खालको थियो । संविधानको स्वीकार्यता बढाउथ्यो । संविधान कार्यन्वयनमा सहयोग गर्दथ्यो । यति महत्वपुर्ण प्रस्ताव एमालेका कारण पास हुन सकेन । यो नेपालको राजनीतिकका लागि दूर्भाग्यपूर्ण छ ।’

सोमबार संसदमा संविधान संसोधन विधेयकमाथि मतदान हुँदा पास गर्ने पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । दुई तिहाईका लागि ४८ मत अपुग भएको थियो । राप्रपा विभाजनको असर संविधान संशोधनमा परेको छ भने, काँग्रेसका ३ र अन्य साना दलका केही सांसदहरु उपस्थित भएनन् ।

संसदमा हाल कायम ५ सय ९२ मध्ये ५ सय ५३ सांसद मात्रै उपस्थित रहे । बैठकले बाढी पहिरो पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग माग गरेको छ । माओवादी वैठकले राहत स्वरुप एक लाख, मृतकलाई तीन लाख र पुनःनिर्माणका लागि प्रत्येक परिवारलाई पाँच लाख दिन माग गरेको छ । हाम्राकुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah