काठमाडौं । विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष सागर थापाले पशुपति मन्दिरको पश्चिम ढोका नखोले ताला फोड्ने चेतावनी दिएका छन । त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्रले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तिजको पूर्व सन्ध्यामा पशुपति मन्दिरको पश्चिम ढोका बन्द गरिएको छ, नारीहरुको महान चाँडको मुखमा यसरी ढोका बन्द गर्ने काम एकदमै गैरजिम्मेवार छ, हामीले अपिल गरेका छौँ, भोलि साँझ ५ बजेपछि उक्त ढोका खोलिएन भने हामी ह्याम्मरले तोड्ने छौँ।’

संस्थाले धार्मिक शुद्धता र हिन्दुराष्ट्र नेपालको पुनःस्थापनाको लागि भन्दै मेची–महाकाली रथ यात्रा निकाल्ने भएको छ। भदौ ८ गते देखि मेची–महाकाली पुगेर पुनः पाशुपति क्षेत्रमा आई रथयात्रा समापन गर्ने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिईयो । सो क्रममा त्रिशक्ति सिद्धबाबा मराजले पुजारी, सन्त महन्त, पिठाधिस, मठाधिसलाई धार्मीक शुद्धताको बारेमा जानकारी दिने बताए।

उनले भने,‘हामीले निकाल्न थालेको मेची–महाकाली रथयात्रा नेपाललाई हिन्दुराज्य घोषणा गर्नको लागि हो, ८२ प्रतिशत हिन्दुहरु भएको मुलुकलाई जव पश्चिमाहरुको भलाईको लागि धर्मनिरपेक्षता घोषणा गरियो त्यसपछि नेपालमा अनेक प्रकारका समस्याहरु निम्तिन थाले, अब हामीले एक पटक मुलुकभरका मठ मन्दिर, पुजारी सबै शुद्धाशुद्धि गर्नेछौँ, त्यसपछि समग्र राजनीतिक प्रणालीलाई शुद्धपार्नेछौँ, अनिमात्रै नेपालमा स्थीर राजनीति र स्थीर प्रणालीको विकास हुन्छ।’

त्रिशक्तिबाबाले थाईराईड र माईग्रेशनका बिरामीहरुको १० मिनेट भित्र रथयात्रा भरमा निःशुल्क उपचार गराउने जानकारी दिएका छन् । त्रिशक्ति सिद्धबाबाले नेपाललाई तत्काल हिन्दुराज्य कायम नगरिए नेपाली नेताहरुको उधोगति लाग्ने समेत ठोकुवा समेत पत्रकार सम्मेलनमा गरे । हाम्रा कुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah