नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा यसबेला भारत भ्रमणको क्रममा दिल्लीमा भेटघाटमा व्यस्त छन् । बिहीबारको रुटिन अनुसार प्रधानमन्त्री देउवाले गार्ड अफ रनर लिनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वान टु वान वार्ता र महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने सम्मको कार्यक्रममा सहभागी भए, तर यी सबै कार्यक्रममा व्यस्त भैरहँदा प्रधानमन्त्री देउवालाई केही कुराहरुले सकस पारिदिए र केहीले अवरोध गर्न खोजे ।
तीमध्ये तीनवटा कुराले प्रधानमन्त्री देउवाको कार्यक्रमनै फिक्का भएजस्तो देखियो । प्रधानमन्त्री देउवाले गार्ड अफ रनर लिइसकेपछि पत्रकारलाई छोटो सम्बोधन गरेका थिए । सो क्रममा उनले बोल्ने माइक कसैले पनि सुनेनन् । पत्रकारहरुले एक–दुईवटा शव्द सुनेको भरमा रिपोर्टिङ गर्नुपर्यो ।
दोश्रो प्रधानमन्त्री देउवा गार्ड अफ रनर लिन भारतीय राष्ट्रपति भवनमा पुग्नु अगावै एउटा अनौठो दृष्य देखियो । देउवाको मोटर अति विशिष्ट स्थलमा पुग्नु अगावै एउटा भुस्याहा कुकुर छिर्यो तर त्यसलाई सुरक्षाकर्मीले धपाउने प्रयास त गरे, त्यो कुकुर फेरि राष्ट्रपति भवनतिरै दौडियो । त्यसले प्रधानमन्त्री देउवाको यात्रामा कता कता खल्लो जस्तो बनाइदियो ।
तेश्रो, प्रधानमन्त्री शेरबहादुर देउवाले लगाएको जुताले उनलाई हैरानै पार्यो । कुरा के पर्यो भने प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा तुनावाल पार्टी सुज लगाएर गएका थिए । महात्मा गान्धीको समाधिस्थलमा छिर्दा जुत्ता फुकाल्नुपर्ने हुन्छ । उनले भित्र छिर्दा जुत्ता त फुकाले तर बाहिरिदा तुना लगाउँदा उनलाई निकै सकस परेजस्तो देखिन्थ्यो । छलफलले खबर लेखेको छ
७० वर्ष नाघेका प्रधानमन्त्री देउवाले सकसपूर्ण ढंगले जुत्ता लगाएको उनकी श्रीमती देउवाले निकै असहज ढंगले नियालिरहेकी थिइन् । उनले जुत्ता लगाएको दृष्य निकै बेरसम्म उनका अंगरक्षक, नेपाली राजदूत दीपकुमार उपाध्याय, पूर्वमन्त्री एनपी साउद हेरिरहन बाध्य भएका थिए । यी सबै दृष्यले प्रधानमन्त्री देउवाको कार्यक्रम निकै भद्धाजस्ता देखिन्थ्यो । जसले प्रधानमन्त्रीको भारत भ्रमणनै फिक्का भएजस्तो देखिन्थ्यो ।



