भारतको विशेष अदालतले यौन दुराचामा दोषी ठहर गरेपछि बाबा राम रहीम पक्राउ परेका छन्  । उनी पक्राउ परेपछि उनका समर्थकले गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको छ । विरोध प्रदर्शनमा झड्प हुँदा ३१ जनाको मृत्यु भएको छ ।

दंगा नियन्त्रणका लागि सेना तैनाथ गरिएको छ । १५ वर्षअघि पेश गरिएको एक गुमनाम पत्रमाथि सुनुवाई गर्दै शुक्रबार पंचकुला सीबीआई अदालतले यौन शोषण मामिलामा बाबा रामरहिमलाई दोषी ठहर गरेको हाे ।

 

 

सामाजिक अध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहको छवि सामाजिक अभियन्ता, अध्यात्मिक नेता, कलाकार, गायक र निर्देशकका रुपमा प्रख्यात छ। विशेष अदालतले १५ वर्षअघिको पत्रका आधारमा रहिमलाई दोषी ठहर गरेको हो ।

 

 

यस घटनामा दोषी ठहर भएका रहिममाथिको सजाय आगामी सोमबार मात्रै तोकिनेछ । सन् २००१ मा बाबा रहिमकै एक महिला अनुयायी (साधिका)ले आफूमाथि बाबाले यौनदुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

हरियाणाको पन्चकुलामा रहेको सीबीआईको विशेष अदालतले यौन दुर्व्यवहारको अभियोगमा रहिमलाई दोषी ठहर गरेपछि अदालत परिसर बाहिर समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । उनका समर्थकले विरोध गर्नसक्ने संभावनालाई विचार गदैै पन्चकुलामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । तर, त्यसका बाबजुद यति ठूलो हिंसा भड्कियो, जसलाई प्रहरीले नियन्त्रणमा राखिरहन सकेन। नया पत्रिकाबाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah