विर्तामोड । निर्वाचन क्षेत्र निर्धारण आयोगले झापालाई पाँच वटा निर्वाचन क्षेत्र बनाउने तयारी गरेको बुझिएको छ ।  जिल्लाको संरचनाको संदर्भमा झापाको प्रतिनिधित्व गर्ने केन्द्रीय नेताले पाँच वटा निर्वाचन क्षेत्र बनाउने गरीको तयारी गरिरहेको जनाइएको छ ।

राज्यको पुनसंरचना भएपछि झापाको निर्वाचन क्षेत्रसमेत परिवर्तन हुने भएको छ । अहिलेसम्मको तयारी अनुसार क्षेत्र नं.१ मा मेचीनगर नगरपालिका,बुद्धशान्ति गाउँपालिकाको वार्ड नं.४,५,६,७ र भद्रपुर नगरपालिकाको ९ र १० लाई मिलाइएको छ ।

यस्तै बुद्धशान्तिको १,२,३,अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिकाको ८,९ वार्डलाई मिलाएर क्षेत्र नं.२ बनाइएको बुझिएको छ ।

यसैगरी भद्रपुरको १ देखि ८ सम्म,कचनकवल गाउँपालिका,बाह्रदशी गाउँपालिका,हल्दिबारी गाउँपालिका र विर्तामोड १० लाई निर्वाचन क्षेत्र नं. ३ बनाइने तयारी भइरहेको छ । क्षेत्र नं. ४ मा कनकाई १ देखि ७ सम्म,झापा गाउँपालिका,शिवसताक्षी नगरपालिका,गौरिगञ्ज गाउँपालिका १,२ र गौरादहको ९ नं. वार्ड राखिएको बताइएको छ ।

दमक नगरपालिका,कमल गाउँपालिका,गौरादह १ देखि ८ सम्म र गौरिगञ्जको ३,४,५,६ मिलाएर क्षेत्र नम्बर बनाउने निर्वाचन क्षेत्र निर्धारण आयोगले तयारी गरेको छ ।

जनसंख्याको आधारमा बनाइने निर्वाचन क्षेत्रमा झापाको संरचना सार्वजनिक गर्न भने बाँकी रहेको नेताहरले जानकारी दिएका छन् । निर्वाचन क्षेत्र परिवर्तन हुदैन,एमाले झापाका अध्यक्ष चिन्तन पाठकले भने–सिमा परिवर्ता भने हुन सक्छ ।इजालस दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah