नवराज सुवेदी, काठमाडौं

ओस्कार वाइल्डले सत्यबारे एकपटक यस्तो भनेका थिए— यदि कसैले सत्य बोल्छ भने यति कुरा बुझे हुन्छ, ढिलो वा चाँडो ऊ त्यहाँबाट बाहिरिनुपर्नेछ । यसको अर्थ के हो भने सत्यलाई सितिमिति कसैले सहन गर्दैन वा सत्यलाई सहज रूपमा स्विकारिँदैन । आज यो विषय नेपालको राजनीतिमा विशेषगरी वैकल्पिक राजनीतिक धार स्थापना गर्न खडा भएको नयाँ शक्ति पार्टीको कार्यदिशामा लागू भएको छ ।

०४८ सालमा देशमा कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो । ठूलो मात्र थिएन, दिनहुँ हजारौँ मानिस कांग्रेसमा प्रवेश गरे भन्ने सञ्चार माध्यमबाट सुन्न, हेर्न पाइन्थ्यो । ०५१ मा एमाले ठूलो दल बन्यो । साना–ठूला वामपन्थी र कतिपय कांग्रेससमेत एमालेमा छिरे । ०६४ मा माओवादी ठूलो दल बन्यो । हामी पनि क्रान्तिकारी राप—ताप यसैमा छ भन्ने भ्रमवश त्यतै धु्रवीकृत भयौँ । तर, सत्य छिटै उद्घाटित भयो, त्यसो होइन रहेनछ ।

कांग्रेस र एमाले रूपान्तरणकारी शक्ति होइनन् भन्ने थाहै थियो । ०६० सम्म कांग्रेस र एमाले दुवैको एजेन्डामा गणतन्त्र थिएन । संविधानसभा निर्वाचनमा उनीहरूको स्वीकारोक्ति पनि धेरैपछि मात्र आएको थियो ।

कांग्रेस र एमाले रूपान्तरणकारी शक्ति होइनन् भन्ने थाहै थियो । ०६० सम्म कांग्रेस र एमाले दुवैको एजेन्डामा गणतन्त्र थिएन । संविधानसभा निर्वाचनमा उनीहरूको स्वीकारोक्ति पनि धेरैपछि मात्र आएको थियो । जे होस्, ढिलो गरी भए पनि उनीहरू यसमा आउनु स्वागतयोग्य नै मानियो । भन्न खोजिएको के हो भने देशले अहिलेसम्म आधारभूत परिवर्तन महसुस नगरे पनि फेरि यिनै पुराना पार्टी नै आलोपालो सत्तामा पुगेका छन् ।

पछिल्लो समय माओवादीको नेपाली राजनीतिमा उदय भयो । त्यसको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) ले गरे । माओवादी केन्द्र र प्रचण्डले रूपान्तरणकारी शक्ति दाबी गरे पनि एक दशककै क्रियाकलापले उनको पनि सीमा प्रस्ट गरिसकेको छ । चर्का नारा उराले पनि सारमा उनले पनि घोर उपयोगितावादी चरित्र नै प्रदर्शन गरिरहेका छन् । अहिले देशमा नयाँ शक्तिलगायत वैकल्पिक शक्तिको थोरै मात्र चर्चा हुन्छ । हाम्रा सञ्चारमाध्यम पनि मूलतः सत्तावरपर झुम्मिएर वैकल्पिक शक्तिको नीति, उद्देश्यलाई गहिरिएर बुझ्ने पक्षमा देखिँदैनन् । तर, जसले जसरी सोचे पनि देशलाई अहिलेको बिन्दुबाट माथि उठाउने भिजन फेरि पनि वैकल्पिक शक्तिहरूसँगै छ । नेपालको राजनीतिको अहिलेको सत्य पनि यही हो । तर, ओस्कार वाइल्डले भनेजस्तै सत्य बोलेकाले यी शक्ति बाहिर परिरहेका छन् । यसलाई झट्ट स्वीकार गर्न मानिसलाई सकस परिरहेको छ ।

नयाँ शक्तिबाट यस्ता केही साथी पलायन भएपछि ‘डा.भट्टराई एक्लिए’, ‘केजरिवाल बन्न नसकेर थाके’, ‘उनले सन्न्यास लिन्छन् या बाँकी जीवन लेखपढमा लगाउँछन्’, जस्ता कुराले मिडिया रंगिएका छन् । तर, मिडियाका यस्ता प्रस्तुति सतही मात्र हुन् । नयाँ शक्ति पार्टीको स्थापना कुनै लहडमा भएको होइन, लामो छलफल, विमर्श र सचेत अठोटसहित यो स्थापना भएको हो । वैकल्पिक राजनीति यसको मुख्य उद्देश्य हो ।

यति वेला लामो राजनीतिक पृष्ठभूमिसहितका केही साथीले नयाँ शक्ति छाडे । उनीहरूले जतिसुकै कुरा बनाउन खोजे पनि उनिहरूको गन्तव्य माओवादी केन्द्र हो भन्ने प्रस्टै थियो । तर, धु्रवीकरणका नाममा उनीहरूले माओवादी केन्द्रसँग आत्मसमर्पण मात्र गरेका छन् । त्यस्तो माओवादी केन्द्र जसको तीव्र उतारचढाव, चरम उपयोगितावादी राजनीतिक चरित्र एवं अराजक र भद्रगोलको संगठनात्मक तरिकाबाट वाक्क भएर डा. बाबुराम भट्टराईसहित हामी थुप्रैले वैकल्पिक शक्ति निर्माण गरेका हौँ । आज ती मित्रहरू निराश भई विनासर्त त्यतै फर्केर आत्मसमर्पण गरेका छन् । नेपाली राजनीतिको घरफिर्तीको परम्परागत तरिकालाई देवेन्द्र पौडेलसहितका मित्रहरूले पछ्याएका छन् । कुनै नयाँ कुरा उनीहरूले गरेका छैनन् ।

नयाँ शक्तिबाट यस्ता केही साथी पलायन भएपछि ‘डा.भट्टराई एक्लिए’, ‘केजरिवाल बन्न नसकेर थाके’, ‘उनले सन्न्यास लिन्छन् या बाँकी जीवन लेखपढमा लगाउँछन्’, जस्ता कुराले मिडिया रंगिएका छन् । तर, मिडियाका यस्ता प्रस्तुति सतही मात्र हुन् । नयाँ शक्ति पार्टीको स्थापना कुनै लहडमा भएको होइन, लामो छलफल, विमर्श र सचेत अठोटसहित यो स्थापना भएको हो । वैकल्पिक राजनीति यसको मुख्य उद्देश्य हो । औसत मानिस राजनीतिलाई नेपालमा मजाकको विषय पनि ठान्छन् । तर, त्यो उनीहरूको छिपछिपे ज्ञानको परिणाम मात्र हो ।

सत्ता वा सरकारमा नगईकन पनि नेपालका कैयौँ नेताको कद बढेको देखिन्छ । उनीहरूको नाम झन् शीर्ष स्थानमा देखिन्छ । पुष्पलाल, गणेशमान सिंह त्यस कोटीका नेता थिए । बिपी कोइराला, मदन भण्डारी र निर्मल लामा पनि अपवादलाई छाडेर धेरै समय सत्ताको मुख्य धारबाट बाहिरै रहे, तैपनि उनीहरूको नाम नेपाली राजनीतिक इतिहासमा अग्रपंक्तिमा आउँछ ।

वास्तवमा राजनीति सधैँ सरल रेखामा हिँड्दैन । यो अनेक घुम्ती, मोड, आरोह– अवरोह हुँदै नागबेली बाटोबाटै अघि बढ्छ । त्यसैले राजनीति र राजनीतिक संगठनमा साना–तिना उतारचढाव आउनासाथ ‘सकिने’, ‘विघटन हुने’ भन्ने पनि हुँदैन । यस्तो सोचाइ सतही मात्र हो । राजनीतिमा त्यस्ता व्यक्तित्व मात्रै स्थापित हुन्छन्, जो सबै जोखिमलाई मोलेर विपरीत धारतिर हिँड्ने आँट गर्छन् । नेपालमा अहिले औसत मान्छेको यस्तो सोचाइ देखिन्छ, मानौँ कि कुनै नेता सरकारी ओहोदामा पुगेन वा पद पाउन सकेन भने ऊ सफल राजनीतिज्ञ नै होइन । तर, यो परम्परावादी सोचाइ हो । कि त राजनीतिलाई स्वयंसेवी कर्मको सट्टा घाटा—नाफाको व्यापार ठान्नेले मात्र त्यस्तो सोच्छन् या पूर्ण सचेत नभएका मान्छेको ठम्याइ त्यस्तो रहन्छ ।

नेपाली राजनीतिको अनुभवले यसको अर्को पाटो पूर्ण रूपले भुल्छ । किनकि, सत्ता वा सरकारमा नगईकन पनि नेपालका कैयौँ नेताको कद बढेको देखिन्छ । उनीहरूको नाम झन् शीर्ष स्थानमा देखिन्छ । पुष्पलाल, गणेशमान सिंह त्यस कोटीका नेता थिए । त्यस्तै, बिपी कोइराला, मदन भण्डारी र निर्मल लामा पनि अपवादलाई छाडेर धेरै समय सत्ताको मुख्य धारबाट बाहिरै रहे, तैपनि उनीहरूको नाम नेपाली राजनीतिक इतिहासमा अग्रपंक्तिमा आउँछ । बिपीको २०१७ सालपछि राजासँगको तिक्तापूर्ण सम्बन्ध, त्यसपछि करिब दुई दशकको कष्टपूर्ण जीवन हेर्दा आफ्नो मूल्य–मान्यतामा अडिक रहने नेता सत्तावृत्तमा हुँदा होस् या बाहिर, उसको छविमा कुनै अन्तर पर्दैन भन्ने प्रस्ट हुन्छ । बरु समकालीन राजनीतिको अवलोकन गर्ने हो भने नेताहरू जति लामो समय सत्तामा रहन्छन्, उति नै धेरै भ्रष्ट भएका चित्र नै देखिन्छन् ।

खासगरी नवउदारवाद र परम्परागत राज्यकेन्द्रित समाजवाद दुवैका असफलताबाट शिक्षा लिएर समुन्नत समाजवादसहित पाँच ‘स’को नयाँ कार्यदिशाको जोखिम नयाँ शक्तिले लिएकै हो । त्यसैले यो कार्यदिशालाई आमरूपमा बुझ्न र व्यावहारिक परिणाम दिन केही समय अवश्य लाग्नेछ । त्यसैले हतास मनस्थिति भएकाहरू मात्र यसबाट विचलित भएका हुन् । दीर्घकालीन सोच भएकाहरू नयाँ शक्तिमै अटल छन् र रहिरहनेछन् ।

यी सन्दर्भबाट हेर्ने हो भने नयाँ शक्तिको राजनीतिलाई पनि पूरा ऐतिहासिक अवधिबाटै मूल्यांकन गरिनुपर्छ । डा. भट्टराई अहिले सत्तामा छैनन्, बरु आफू बसेका सबै पदबाट राजीनामा गरेका छन् । नयाँ शक्तिले स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता हासिल गरेन, यो पनि सत्य हो । तर, यतिले मात्र नयाँ शक्तिको सम्पूर्ण भविष्य निर्धारण गर्दैन । पुराना शक्तिबाट सम्बन्धविच्छेद गर्दै नयाँ शक्तिमा लाग्नेहरूले व्यापक छलफलपछि सबैलाई आश्चर्य पार्नेगरी कार्यदिशालाई नै ‘यु–टर्न’ दिएका छन् । त्यसो गर्दा पनि कतिपय पुराना मान्यतालाई निषेध नगरी विज्ञानसम्मत ढंगले विकास गर्ने कुरा गरेका छन् । खासगरी नवउदारवाद र परम्परागत राज्यकेन्द्रित समाजवाद दुवैका असफलताबाट शिक्षा लिएर समुन्नत समाजवादसहित पाँच ‘स’को नयाँ कार्यदिशाको जोखिम नयाँ शक्तिले लिएकै हो । त्यसैले यो कार्यदिशालाई आमरूपमा बुझ्न र व्यावहारिक परिणाम दिन केही समय अवश्य लाग्नेछ । त्यसैले हतास मनस्थिति भएकाहरू मात्र यसबाट विचलित भएका हुन् । दीर्घकालीन सोच भएकाहरू नयाँ शक्तिमै अटल छन् र रहिरहनेछन् ।

के डा. भट्टराई एक्लिए ? यो भनाइमा कुनै सत्यता छैन । पहिलो कुरा, राजनीतिलाई नयाँ मोड दिने नेताहरू एक्लो परे पनि अडिग रहन्छन् । बरु लोकतन्त्रलाई भिडतन्त्र बुझ्ने वा भावना र आवेग सम्झ्नेहरूले सत्य स्थापित हुने समयसम्म कुर्दैनन् । दोस्रो कुरा, नयाँ शक्तिबाट केही व्यक्ति पलायन हुँदैमा ‘पूरै संगठन सकिने वा नेताहरू एक्लिने’ भन्ने हुँदैन । अहिले पनि नयाँ शक्तिमा खारिएका युवासहित विविध पृष्ठभूमिबाट आएका राजनीतिक व्यक्तित्व, विज्ञहरूको टिम र अनुभवी प्रौढ गरी तीनैथरीको सशक्त टिम छँदै छ । बरु देवेन्द्र पौडेल र रामचन्द्र झाहरूको पलायनपछि नयाँ शक्तिभित्र यो पनि चर्चा छ कि कुचाले सफा गर्नुपर्ने कसिंगर हावाले पन्छाइदियो । यसको अर्थ हो– पार्टी अझै शुद्ध बन्दै छ । तेस्रो कुरा, केजरिवाल र डा. भट्टराईलाई पनि एकै हाराहारीमा तुलना गर्न मिल्दैन । किनकि, केजरिवाल सामाजिक मुद्दा (भ्रष्टाचारविरुद्धको अभियान) बाट राजनीतिमा लागेका व्यक्ति हुन् ।

व्यक्तिको निजत्वलाई कुल्चेर २१औँ शताब्दीमा अघि बढ्नु पनि सम्भव छैन भन्ने बोध डा. भट्टराई र नयाँ शक्तिलाई भएको छ । मूलतः यिनै कुराले मान्छेको मथिंगल घुमिरहेको छ । त्यसका लागि स्वस्थ छलफलको सट्टा भट्टराईको व्यक्तिगत तेजोवध कतिपयको दिनचर्या भएको छ । यो कतिका लागि क्षणिक मनोरञ्जनको कुरा त हुन सक्ला, तर दीर्घकालीन यथार्थ बन्दैन ।

उनको मुलुकमा धेरै पहिले उपनिवेशको अन्त्य र राज्यरजौटाको उन्मूलन भई गणतन्त्र स्थापना भएको थियो । जब कि डा. भट्टराई चार दशकअघिदेखि एकदलीय निरंकुश राजतन्त्रात्मक शासन अन्त्य गरी समावेशी लोकतन्त्र हुँदै समाजवाद—साम्यवादमा पुग्ने लक्ष्यसहित निरन्तर रूपले राजनीतिमा लागेका नेता हुन् । तर, २०औँ शताब्दीको समाजवाद प्रयोगका कैयौँ त्रुटिपूर्ण अनुभवले परम्परागत साम्यवादी उद्देश्य हासिल हुन सम्भव छैन । साथै, व्यक्तिको निजत्वलाई कुल्चेर २१औँ शताब्दीमा अघि बढ्नु पनि सम्भव छैन भन्ने बोध डा. भट्टराई र नयाँ शक्तिलाई भएको छ । मूलतः यिनै कुराले मान्छेको मथिंगल घुमिरहेको छ । त्यसका लागि स्वस्थ छलफलको सट्टा भट्टराईको व्यक्तिगत तेजोवध कतिपयको दिनचर्या भएको छ । यो कतिका लागि क्षणिक मनोरञ्जनको कुरा त हुन सक्ला, तर दीर्घकालीन यथार्थ बन्दैन । किनकि, दिनरात डा. भट्टराई र नयाँ शक्तिलाई जति सरापे पनि मुलुक ढिलोचाँडो नयाँ शक्तिकै एजेन्डामा फर्कंदै छ ।

दुई–चार उदाहरण हेरौँ—

डा. भट्टराइले नेपालको संविधान २०७२ लाई आधा गिलास पानीको उपमा दिएका थिए । त्यसको अर्थ थियो– संविधान पूर्ण छैन । नभन्दै संविधान जारी भएको छोटै समयभित्र पहिलो संशोधन गर्नुपर्‍यो । डा. भट्टराईले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद् आवश्यक छ भनेका थिए । संसदीय फोहोरी खेलको पुनरावृत्ति भइरहेको नेपालमा धेरैले यसलाई पछ्याउँदै छन् । डा. भट्टराईले लोकतान्त्रिक कार्यभार सापेक्ष पूरा भएकाले आर्थिक समृद्धि र बेरोजगारीको अन्त्य अबको देशको आवश्यकता भनेका थिए । अहिले आफ्ना अभिव्यक्तिमा सबैले त्यही सिको गर्दै छन् । डा. भट्टराईले नीतिगत र उपल्लो तहमै मुलुकमा भ्रष्टाचार व्याप्त छ र त्यसलाई सदाचारी नेतृत्वले विस्थापन गर्नुपर्छ भनेका थिए । एनसेलको पुँजीगत लाभकर मिनाहा र बुढीगण्डकी आयोजना विनाप्रतिस्पर्धा एउटा कम्पनीलाई दिने कार्य त्यसका तात्कालिक उदाहरणका रूपमा उनले पेस गरेका थिए । नेपालका सचेत नागरिक यी दुवै प्रकरणमा उच्चस्तरको आर्थिक चलखेल र घोटाला भएको स्वीकार गर्छन् ।

डा. भट्टराई राजनीति छाडेर सन्न्यास लिने पक्षमा पनि छैनन्  । नयाँ शक्ति र डा. भट्टराईको राजनीतिक अवसान कसैका फगत सपना मात्र हुन्, यथार्थ होइनन् । डा. भट्टराई र नयाँ शक्ति सत्यको पथबाट किञ्चित् डगमगाएका छैनन् ।

डा. भट्टराई राजनीति छाडेर सन्न्यास लिने पक्षमा पनि छैनन् । उनले यही ५ भदौको कार्यकारी बैठकमै भावुक हुँदै भनेका छन्, ‘पाँच–सात वर्ष विनाविश्राम नयाँ शक्ति बनाउन लागौँ, म बूढो पनि त्यसका लागि तयार छु ।’

यी र यस्ता तमाम सत्यले डा. भट्टराई र नयाँ शक्तिको कार्यदिशा र कार्यक्रमलार्ई सही सिद्ध गर्छन् । त्यसैले नयाँ शक्ति र डा. भट्टराईको राजनीतिक अवसान कसैका फगत सपना मात्र हुन्, यथार्थ होइनन् । यथार्थ फेरि पनि यही हो– डा. भट्टराई र नयाँ शक्ति सत्यको पथबाट किञ्चित् डगमगाएका छैनन् ।
(सुवेदी नयाँ शक्ति पार्टी नेपालको ५ नं प्रदेश इन्चार्ज हुन्)

इनया पत्रिका बाट साभार गरिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah