राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजति भएपछि राप्रपाका ३६ सांसद अलग अलग पार्टीमा बाँडिएका छन्।

तर, कुन पार्टीमा कति सांसद छन् भन्ने अझै टुंगो लाग्न सकेको छैन।

सांसदहरू लीलादेवी श्रेष्ठ र राजेश्वरीदेवी शाहको कुन पक्षमा भन्ने विवादित भएको छ। निर्वाचन आयोगले उनीहरूको नाम पशुपतिशम्शेर राणाको राप्रपा प्रजातान्त्रिकमा राखिदिएको छ।

श्रेष्ठ र शाहले  भने आफू कमल थापाको पक्षमा नै रहेको प्रष्ट पारेका छन्।

उनीहरू दुबैले आफूले निर्वाचन आयोगमा गएर पार्टी विभाजनको पक्षमा हस्ताक्षर नगरेको दाबी गरेका छन्। दुवै सांसद आज कमल थापाले सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा पनि उपस्थित थिए।

आयोगले गरेको निर्णयमा भने दुबैको नाम राप्रपा प्रजातान्त्रिकको सांसद सूचीमा छ।

उनीहरू दुई जनाबाहेक अन्य ३४ सांसदको भने पार्टी स्पष्ट भएको छ। ३४मध्ये १९ सांसद थापाको साथमा छन् भने १५ सांसद राणाको साथमा छन्। निर्वाचन आयोगले भने श्रेष्ठ र शाहको नाम पनि उल्लेख गर्दै राणा पक्षमा १७ सांसद रहेको निर्णय गरेको छ। श्रेष्ठ र शाहले आयोगको निर्णयलाई चुनौति दिन सकेभने थापाको पक्षमा २१ सांसद हुनेछन्।

जबकी गत मंसिरमा पार्टी एकिकरण हुनुअघि थापासँग २४ सांसद थिए।

यी हुन थापा पक्षका सांसद:-

कमल थापा

अनिलकुमार रुंगटा

आनन्दी पन्त

इश्तियाक अहमद खान

कान्ता भट्टराई

कुन्ती कुमारी शाही

जयन्त चन्द

श्रीकान्ती पासी

सुशिल कुमार श्रेष्ठ

सरोज शर्मा

श्याम सुन्दर टिवडेवाल

विक्रम बहादुर थापा

दिनेश श्रेष्ठ

दिलनाथ गिरी

भक्त बहादुर बिश्वकर्मा (खपाङ्गी)

भास्कर भद्रा

राम दुलारी चौधरी

परशुराम तामाङ्ग

राज कुमार अग्रवाल।

यी हुन् राणा पक्षका सांसद

कमला देवी शर्मा

गीता सिंह

सुनिल बहादुर थापा

सीता लुइँटेल (ज्ञवाली)

शयन्द्र बान्तवा

विराज विष्ट

बबिना मोक्तान लावती

दिपक बोहरा

रेशम बहादुर लामा

राम कुमार सुब्बा

धानो महरा

रमेश कुमार लामा

बिक्रम पाण्डे

राज्यलक्ष्मी श्रेष्ठ

लक्ष्मी थापा पासवान।

सेतोपाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah