हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी समाजको सेवाका पर्याय बनेका छन् । पहाडमा भूकम्प जाँदा घर बनाउन जुटेका उनीहरु तराईमा बाढी आउँदा उद्दार र राहतमा कस्सिए । बाढीग्रस्त क्षेत्रमा राहत वितरण गर्ने क्रममा उपचार खर्च अभावमा ६ महिनादेखि छटपटिरहेकी र्लाहीको लालबन्दीस्थित बेतनी माझी बस्तीकी रत्ने देवी माझीको उद्दार गरेका छन्।
आगलागीमा परी शरीरका केही भाग जलेकी उनी उपचार खर्च अभावमा घरमै बसेकी थिइन् । उपचार नपाउँदा खुट्टाको घाउ कुहिएर थलिएर बसेको सीतारामले जनाएका छन् । उनले भाद्र १ गते सलाई राहत वितरणको क्रममा उद्धार गरि बर्दिबास स्थित जनसेवा हस्पिटलमा भर्ना गरेका छन्।
उनले माझीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको जानकारी पाएको बताए । उनले भने, ‘घाउ ओभानो भइसकेपछि खाल्डो परेको ठाउँमा शरीरको अन्य भागको मासु काटेर हाल्नु पर्ने देखिइको छ भने हातको औंला खुलाउनका लागि प्लाष्टिक सर्जरी गर्नु पर्ने डाक्टरले बताएका छन् ।’
उनको स्वास्थ्य सुधारका लागि आफ्नो सहयोग र प्रयास निरन्तर रहने बताए । धुर्मुस–सुन्तली फाउन्डेशन मार्फत् समाज सेवामा उनीहरुको जोडी निरन्तर जुटिरहेको छ । स्वास्थ खबर बाट



