जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न ११ स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले पक्राउ परेकाको साथबाट २० लाख ४२ हजार आठ सय १० रुपैयाँ बरामद गर्नुको साथै उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेबाट शनिबार फेनरागन ७० वटा, डाइजापाम ७० वटा र बुफ्रिनर्पिmन ७० वटा लागुऔषधसहित त्यही स्थानका कृष्णबहादुर विक, दिलीप तामाङ र सुनिल विकलाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रण, चोरी, तस्करी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रण, प्रविधिमैत्री प्रहरी सेवा, सुरक्षित एवं अपराधमुक्त जिल्लाको निर्माण जस्ता विभिन्न १५ वटा कार्ययोजनाको पनि सार्वजनिक गर्नुभयो । – रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah