भदौ ११ – धनुषाको बटेश्वरमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका सम्भावित उम्मेदवार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बटेश्वर गाउँपालिका–३ कटानी टोल बस्ने माओवादी केन्द्रका स्थानीय नेता ४७ वर्षका रामएकवाल महतो ‘मिठु’ आइतबार बिहान सुत्ने कोठमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

आगामी असोज २ गते तेश्रो चरणमा प्रदेश नं. २ मा हुने स्थानीय तहको चुनावमा महतो बटेश्वर गाउँपालिका वडा नं.३ मा अध्यक्ष पदका आकांक्षी हुनुहुन्थ्यो ।  माओवादी केन्द्रले पनि उहाँको उम्मेदवारको लागि टिकट लगभग तय गरिसकेको  थियो ।

स्थानीय माओवादी नेता रामकुमार महतोका अनुसार चुनावको तयारीका लागि शनिबार अबेर रातिसम्म स्थानीय नेताहरुसँगै छलफलमा हुनुहुन्थ्यो । १२ बजे सुत्न घर जानुभएका नेता महतो आइतबार बिहान आफ्नै कोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीय बासिन्दाले जनाएका छन् ।

महतोले परिवारिक विवादको कारण आत्महत्या गरेको सानो पत्र पनि लेखेको भेटिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार नेता महतो बाहिर छलफलमा हुँदा राति ११ बजे भैँसी व्याएको थियो ।

अबे राति घरमा जाँदा श्रीमती आशादेवीसँग समान्य विवाद भएको थियो । महतो अबेर राति भैँसीको रेखदेख गरेर सुत्न गएको र बिहान आफ्नै कोठमा झुण्डिएको अवस्थामा फेला परेकाले श्रीमतीसँग विवादको कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महतोको निधनले बटेश्वर गाउँपालिकाका माओवादी नेता कार्यकर्ता शोकमा डुबेका छन् । उज्यालो अनलाइन बाट साभर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah