आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल खाद्य संस्थानको गोदाम अनुगमन गरेका छन् । आइतबार एक्कासि मन्त्रीले संस्थानको थापाथलीस्थित बागमती अञ्चल कार्यालयको गोदाम अनुगमन गरेका हुन् । अनुगमन गर्ने क्रममा मन्त्रीको टोलीले खान नमिल्ने सिमी र फापर फेला पारेको थियो ।

७ सय २२ क्वीन्टल रहेको फापर तत्काल बिक्री गर्नै नमिल्ने गरी बिग्रीएको अवस्थामा फेला परेको छ । त्यस्तै करिब ४ क्वीन्टल सिमीमा ढुंगा, माटो, प्लाष्टिक, रोडालगायत अद्याख पदार्थ फेला भेटिएको छ । चेकजाँच गरिएको सिमीको बोरामा झण्डै ८० प्रतिशतभन्दा बढी त्यस्ता अखाद्य पदार्थ मिसावट गरिएको पाइएको छ ।

संस्थानका अञ्चल कार्यालय प्रमुख भेषनाथ न्यौपानेले कैफियत भेटिएका फापर र सिमी २–३ वर्षअघि नै संस्थानले खरिद गरेको बताए । त्यस अवधिमा नै ठेकेदार र संस्थानका सम्बन्धित पदाधिकारीबीचको मिलेमतोले अहिलेको उक्त समस्या निम्तिएको उनले तर्क गरे ।

मन्त्री मण्डलले त्रुटि गर्ने पत्ता लगाई हदैसम्मको कारबाही गर्ने बताए । “१०– १५ दिनमा केही न केहि आउटपुट देख्नुहुनेछ,” उनले भने, “अब पहिलेजसरी खाद्य संस्थान चल्दैन, तत्काल सुधारको दिशामा अघि बढ्नेछौं ।”

अञ्चल कार्यालयउका अनुसार अहिले संस्थानको उक्त गोदाममा सिमी, चामल, फापर, उवालगायत खाद्यान्न ३८ हजार ९ सय ७८ क्वीन्टल मौज्दात छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah