नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ ।

नेपालको संविधान २०७२ ले निजामती सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत विभिन्न ९८ वटा संगठित संस्थामा पदपूर्ति गर्न थालेको हो । ती निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् । ‘लोकसेवा आयोग मेरिटोक्रेसीलाई मान्यता दिने संस्था हो आयोगको परीक्षामा सहभागी हुने सेनालगायत सबै पक्षले यसमा ध्यान दिने हो भने असफलता हासिल गर्नु पर्दैन’, आयोग अध्यक्ष मैनालीले भने ।सोर्सफोर्स र भनसुनबाटै सेनामा प्रवेश गरेकाहरू आन्तरिक बढुवाका लागि भएका प्रतिस्पर्धामा धमाधम फेल हुन थालेका हुन् ।

लोकसेवाले नेपाली सेनाको अधिकृत क्याडेटअन्तर्गत पछिल्लो पटक जेठ र साउन दोस्रो साता लिएको आन्तरिक परीक्षामा सहभागी भएका अधिकांश उम्मेदवार अनुत्तीर्ण भएका छन् ।सेनाको अधिकृत क्याडेटतर्फको पदमा सुब्बास्तरका पदिक हुद्दा सहभागी भएका थिए । तर, अधिकृत क्याडेटको परीक्षामा सहभागी हुने पदिक हुद्दामध्ये अधिकांश फेल हुन थालेपछि लोकसेवालाई सेनाको आन्तरिकतर्फको अधिकृत क्याडेटमा पदपूर्ति गर्न हम्मे पर्न थालेको छ । अन्न पूर्ण पोस्ट मा खबर रहेको छ

आयोगले सुरुमा आन्तरिकतर्फ अधिकृत क्याडेटको परीक्षा जेठ अन्तिम साता सञ्चालन गरेको थियो । यो परीक्षामा माग संख्या ४५ रहेकोमा परीक्षामा ५४ जना पदिक हुद्दा सहभागी थिए । तर, परीक्षाफल प्रकाशित हुँदा जम्मा ४ जना उत्तीर्ण भएका छन् ।४५ आवश्यक पदमा ४ जना मात्रै उत्तीर्ण भएपछि बाँकी ४१ पद रिक्त रहेपछि सेनाले पुनः परीक्षा सञ्चालन गर्न लोकसेवालाई आग्रह गरेको थियो । सेनाको आग्रहअनुसार लोकसेवाले फेरि रिक्त ४१ पदकै लागि पुनः साउन दोस्रो साता परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा ४५ जना सहभागी भएकोमा ८ जना मात्रै उत्तीर्ण भएका छन् भने ३७ जना फेल भए ।

लोकसेवाका अनुसार अधिकृत क्याडेटको खुलातर्फ आयोगले दुई पटक परीक्षा सञ्चालन गरेको छ । पछिल्लो पटक खुलातर्फको अधिकृत क्याडेटको १ सय ५० पदका लागि १ हजार १ सय ९२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १ सय २६ जना मात्रै उत्तीर्ण भएका थिए भने बाँकी २४ पद रिक्त रहन पुगेको थियो ।

यसैगरी, आयोगले दोस्रो पटक सञ्चालन गरेको १ सय पदका लागि ८ सय ३३ जना सहभागी भएकामा ६९ जना मात्रै उत्तीर्ण भए । बाँकी ३१ पद भने रिक्त छ ।
लोकसेवाका सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा प्रमुख सहसचिव झंकप्रसाद आचार्यले नेपाली सेनाको अधिकृत क्याडेटको खुला र आन्तरिक दुवै प्रतिस्पर्धामा उत्तीर्ण हुनेको संख्या अत्यधिक न्यून हुने गरेको बताए ।

आयोगले सैनिक जवानदेखि अधिकृत क्याडेट, इन्जिनियरिङ र लेखाका विभिन्न पदका लागि परीक्षा सञ्चालन गर्दै आइरहेको छ । यीमध्ये सैनिक जवान र अधिकृत क्याडेटमा कम उत्तीर्ण हुने गरेको लोकसेवा आयोगले जनाएको छ । आयोगले गत वर्ष मात्रै विभिन्न १९ स्थानमा सैनिक जवानका लागि परीक्षा लिँदा पनि न्यून संख्यामा मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले जीके, नेपाली, गणित र सेवासम्बन्धी गरी चारवटा विषयमा परीक्षा लिँदै आएको छ । यी चारवटा विषयमध्ये सबै विषयमा पास हुने सेनाको संख्या न्यून छ । लोकसेवाले लिने परीक्षामा फेल हुने क्रम बढेपछि नेपाली सेनाले लोकसेवालाई असहयोग गर्न थालेको भन्दै आयोगभित्र गुनासा आउन थालेका छन् ।सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कठायतले सेनाले लोकसेवाको परीक्षालाई पूर्णरूपमा आत्मसात गर्दै अघि बढिरहेको बताए ।

प्रवक्ता कठायतले सुरुको अवस्थामा लोकसेवाले लिने परीक्षा कठिन भए पनि विस्तारै परीक्षा उत्तीर्ण हुनेको संख्या बढ्दै जाने विश्वास व्यक्त गरे ।’लोकसेवा आयोगले लिने परीक्षाबाट राम्रा र दक्ष व्यक्ति आउने भएकाले त्यसले संगठनमा राम्रा र दक्ष व्यक्ति भित्रिने विश्वास हामीले लिएका छांै’, प्रवक्ता कठायतले भने । सेनाले लोकसेवालाई असहयोग गरेको भनाइ निराधार भएको उनको दाबी छ ।

लोकसेवा आयोगले नेपाल प्रहरीको परीक्षा सुरु गर्दा पनि सुरुका दिनमा प्रहरीमा पनि यस्तै समस्या देखिएको थियो । लोकसेवाले ०६८ सालदेखि प्रहरीका लागि परीक्षा लिन थालेको हो । सुरु वर्षमा प्रहरी सहायक निरीक्षकमा १ हजार ९४ पदका लागि परीक्षा लिँदा मुस्किलले ३ सय मात्रै उत्तीर्ण हुन्थे तर अहिले प्रहरीमा त्यो समस्या छैन ।

‘सेनाले लिँदा सब उत्तीर्ण’

लोकसेवाले परीक्षा लिनुअघि सेना आफैंले लिने गरेको परीक्षामा भने आवश्यक सिटमा सबै उत्तीर्ण हुने गरेका थिए । न्यूनतम ४० अंक ल्याउनेलाई उत्तीर्ण गराउनुपर्नेमा ४० अंक नल्याउनेहरू पनि उत्तीर्ण हुने गरेका थिए । सेना आफैंले परीक्षा सञ्चालन गर्दा अधिक सोर्सफोर्स चल्ने गरेको लोकसेवाको बुझाइ छ । उच्च पदाधिकारीको खल्तीको सूचीका आधारमा परीक्षाफल प्रकाशन गरिन्थ्यो । अनुत्तीर्ण हुनेलाई पनि ग्रेस मार्क दिएसरह उत्तीर्णको लाइनमा पारिन्थ्यो ।

लोक सेवाका अधिकारीस“गको छलफलमा सेनाका उच्च अधिकारीले न्यूनतम अंक ४० नल्याए पनि पदपूर्तिका लागि आवश्यक पर्ने संख्याअनुसार अनुत्तीर्ण हुने मध्येबाटै तानेर उत्तीर्ण गराउने गरेको स्विकारेको स्रोतको दाबी छ । तर, सैनिक प्रवक्ता सहायक रथी कठायत सेनाले परीक्षा सञ्चालन गर्दा पनि न्यूनतम अंक नल्याउने कोही पनि उत्तीर्ण नभएको दाबी गर्छन् । ‘न्यूनतम अंक नल्याउने उत्तीर्ण हुने भन्ने कुरा निराधार हो । सेनाले पनि मेरिटकै आधारमा परीक्षा लिएर रिजल्ट गथ्र्यो’ प्रवक्ता सहायक रथी कठायतले अन्नपूर्णस“ग भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah