काठमाडौं: कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
पार्टीका कार्यावहाक सभापति विमलेन्द्र निधि नेतृत्वको टोलीले आइतबार आयोगको केन्द्रीय कार्यालय पुगेर दल दर्ता गराएको हो । कानुनी व्यवस्था अनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गरिएको कार्यवहाक सभापति निधिले जानकारी दिए ।
संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दल दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ ।निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन आइतबार साँझ ५ बजे सम्मको समय दिएको छ ।



