बिपिपि
दमक/झापाको दमकमा आजबाट प्रहरी प्रमुख फेरीएकाछन् । इलाका प्रहरी कार्यालय दमकमा नयाँ प्रहरी प्रमुखको रुपमा दीपक गिरी आएकाछन् भने यहाँबाट राजन लिम्बु बिदाइ भएकाछन् । लिम्बु दमकमा १९ महिना बसेकाछन् ।
गिरी दमकमा प्रमुख भएर आउने पाँचौ डिएसपी हुन् । यसभन्दा अगाडि राजन लिम्बु, रबि पौड्याल, इश्वर कार्की आएका थिए । लिम्बु बिदाइ भएपछि अहिले गिरी आएकाहुन् ।
यसैबीच डिएसपी लिम्बुलाइ दमकका बिभिन्न संघसंस्थाहरुले बिदाइ गरेकाछन् । दमक उद्योग बाणिज्य संघले बिदाइ कार्यक्रमको आयोजना गरेको हो ।
संघका अध्यक्ष राजेन्द्र ढकाल लगायतका पदाधिकारी र कार्यसमिति सदस्यहरुले सफलताको कामना सहित दमकबाट बिदाइ गरेका थिए ।
यसैगरी यातायात मजदुरहरुले सम्मान गदै विदाई गरेको छ । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले आफनै कार्यालयमा एक कार्यक्रम गरि डिएसपी लिम्बुलाई सम्मान गर्नुका साथै विदाई गरेको हो ।



