बिष्णुप्रसाद पोखरेल
दमक । झापामा दूइसाता अघि लगतार आएको बर्षा र त्यसपछिको बाढीका कारण भएको जनधनको क्षतिको बारे जिल्ला प्रशासन कार्यालय झापाले प्रारम्भिक चरणको लगत तयार पारेको छ । बिभिन्न क्षेत्रमा पुलपुलेसा, बाटाघाटाहरु क्षतबिक्षत भएको बताउदै करिब २५ अरब बराबरको क्षति भएको पाइएको छ ।

साहयक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीका अनुसार कृषि र भेटनरी बाहेक आफूहरुसंग आएको क्षति विवरण तथा बिभिन्न क्षेत्रमा भएको प्रारम्भिक क्षति अनुमान अनुसार कृषि र भेटनरीको क्षति विवरण नसमेट्दाको अवस्थामा २२ अरव मूल्य बराबरको क्षति भएको छ ।

कृषि र भेटनरीमा पनि ठूलो क्षति भएको बताइन्छ । यसअघि कृषि बिकास कार्यालय झापाले कृषि क्षेत्रमा डेढ अरब क्षति भएको सार्वजनिक गरेको थियो । खेतीयोग्य जग्गा कटान अहिले पनि नरोकिएकाले अझै कृषि क्षेत्रको क्षति पनि बढ्ने बताइन्छ ।

बाढीले क्षतिग्रस्त बनाएका संरचनाहरुको बिभिन्न टोली बनाएर अनुगमन बनाइएको र सम्बन्धित सरोकारवाला निकायहरुलाइ पनि आफू अन्र्तगतको क्षति विवरण तयार पार्न निर्देशन दिएर लगत संकलन गरिएको तिवारीले बताउनु भयो । अहिले पनि क्षति विवरण आइरहेको साहयक प्रजिअ तिवारीले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो–‘यस बर्ष आएको बर्षा र बाढीले जिल्लाका सबै स्थानीय तहमा ठूलो भौतिक क्षति पुर्याएको पाएका छौ । अहिले पनि क्षति भएका संरचनाहरुको बिषयमा जानकारी आउने क्रम बाँकी नै छ ।’

१६ जनाको मृत्यु २ जना बेपत्ता
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार आफूहरुको रेकर्डमा १६ जनाको बाढीले बगाएर मृत्यु भएको बिवरण रहेको छ । दूइजना अहिले पनि बेपत्ता नै रहेकाछन् । कन्काइ, कमल, विरिङ, रतुवा लगायतका खोलाहरुमा आएको बाढीले धेरै नै जनधनको क्षति गरेको पाईएको साहयक प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनु भयो ।

मृत्यु हुनेको संख्या भने रेडक्रस र जिल्ला प्रशासन कार्यालय झापाको बेग्लाबेग्लै रहेको छ । तिवारीले पनि यसलाइ स्वीकार गर्नु भयो । आफूहरुले प्रहरीका युनिटहरुले ल्याएका विवरणहरुलाइ आधार बनाएको बताउदै रेडक्रसको विवरण र

आफूहरुको बिवरणमा केहि फरक गर्न गएको जनाउनु भयो । बेपत्ता भएका दूइजनाको पनि खोजि कार्य रोकिएको छैन । बेपत्ता हुनेमा झापा गाँउपालिकाका नागरिक रहेकाछन् ।

पूर्ण रुपमा बिस्थापित धरपरिवार ६ सय ४४
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार ६ सय ४४ घरस परिवार पूर्ण रुपमा बिस्थापित रहेकाछन् । उनिहरु अहिले बिभिन्न बिद्यालय, सार्वजनिक भवन तथा आफन्तको शरणमा बसिरहेकाछन् ।

उनिहरुको घरको नामनिशान नै रहेको छैन । यस्ता घरपरिवारलाइ दैनिक रुपमा सरकारले तोकेको ७० रुपिया दिन शुरु गरिएको छ । एकमहिनाको एकमुष्ठ रकम उपलब्ध गराउन शुरु गरिएको साहयक प्रजिअ तिवारीले बताउनु भयो ।

पूर्ण रुपमा बिस्थापितहरुको पुर्नस्थपनाको बिषयमा छलफलहरु भइरहेको र दशै अगावै पुर्नस्थपना गर्ने लक्ष्य लिइएको उहाँले बताउनु भयो ।

स्थानीय तह र सरोकारवाला कार्यालयहरुलाइ निर्देशन
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सबै कार्यालय प्रमुखहरुलाइ आफ्नो जिम्मेवारीमा पर्ने सक्ने र तत्काल गर्नु पर्ने कामहरु गर्नका लागि निर्देशन दिइसकिएको छ ।

सडक तथा पुलपुलेसाहरु मर्मत तथा पुननिर्माण गरेर आवतजावतको समस्या हल गर्नका लागि निर्देशन दिइएको बताउनु भयो । स्थानीय तहहरुले पनि सडक लगायतका भत्कृका पूर्वधारहरुलाइ प्राथमिकतमा राखेर बनाइरहेको पाएको उहाँले जनाउनु भयो ।

अत्यआवश्यकीय सवारी साधन चल्ने गरी सबै भत्केका सडहरु निर्माण तथा पुननिर्माण पहिलो चरणमा नै गर्ने र यस बिषयमा सम्बन्धित निकायहरुमा लेखेर पठाइसकिएको पनि तिवारीले जानकारी दिनु भएको छ ।

बाढीबाट धेरै क्षति भएपछि प्रधानन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायतका मन्त्रीहरु समेत आएर बाढीले पुर्याएको क्षतिको बिषयमा जानकारी लिनु भएको र प्रभावकारी रुपमा पुननिर्माण गर्न सरकारले सहयोग गर्ने आवश्सन दिएको बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah