गतसाल जुन महिनामा छोरीलाई स्कुलको गृहकार्य गराइरहेको बेला एउटा पाठमा गएर मेरो ध्यान टक्क अडियो।

छोरीले अध्ययन गरिरहेकी प्राइमरी वनको पुस्तक ‘जनरल स्टडीज’ को एउटा पाठमा ‘राजकुमारको रुपमा बुद्धको जन्म प्राचीन भारतमा भएको थियो’ भनेर सचित्र देखाइएको थियो। लंगम्यान जनरल स्टडीज फर जेन जेड १ (डी) को पेज २५ मा बुद्धबारे गलत सन्देश दिइएको देखेपछि
म चकित परें।

सचेत अभिभावकको हैसियतले त्यसै बसिरहन ठिक लागेन। यसबारे हङकङका नेपालीलाई पनि सुनाउन मन लाग्यो। तुरुन्तै मैले मेरो फेशबुक पेजमा यसबारे लेखें र बाल पत्रिका ‘हङकङ नेपालीज चिल्ड्रेन, द पिङ’ मार्फत सामाजिक सञ्जालमा फोटो सहित यो पाठ प्रकाशित गराएँ।

यो विषयले ‘द पिङ’ का सम्पादक रबिन खाहोङ राईको ध्यानाकर्षण भएछ। सोहिअनुरुप हामीले संयुक्तरूपमा उक्त पुस्तकका हङकङकै प्रकाशकलाई इमेल मार्फत त्रुटी सच्याउन पत्र लेख्यौं। हामीले पत्रमार्फत पाठमा उल्लेख गरिएको सूचना किन गलत छ भन्दै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्दर्भ स्रोतका थुप्रै लिंक पनि पठायौँ।

केही दिनपछि प्रकाशकबाट पाठ सुधार गरिएको जानकारी सहितको इमेल–पत्र प्राप्त भो। इमेलमा किन र के सन्दर्भ सामाग्रीको आधारमा ‘बुद्ध प्राचीन भारतमा जन्मिएका थिए’ भन्ने पर्न गयो भन्ने स्पस्टिकरण सहित तथ्यमाथि ध्यानाकर्षण गराएकोमा धन्यवाद दिइएको छ। र उक्त पाठले पर्न गएको असुविधाप्रति दुःख पनि व्यक्त गरिएको छ।

हामीले पठाएको पत्रको तुरुन्तै रेस्पोन्स आएपनि पाठ सुधार गर्नलाई एक वर्ष लाग्यो। किनकी शैक्षिक सत्र २०१५–२०१६ को पुस्तक बजारमा बितरण भैसकेको थियो। हालैको वर्ष शैक्षिक सत्र २०१६–२०१७ को किताबमा भने भुल सुधार भएर आएको छ।

तर सच्याइएको पाठमा पनि हामीले माग गरेअनुरुप नभएर कुटनीतिक रुपमा बुद्धको जन्मबारे जानकारी दिइएको छ। सच्याइएको पाठमा ‘बुद्ध लुम्बिनी (हाल नेपाल) मा जन्मिएका हुन्’ भनेर लेखिएको छ।

सच्याइको पाठबारे हामीले पुनः ध्यानाकर्षण गरायौँ। ‘यसरी लेख्नुको साटो बुद्ध नेपालमा जन्मिएका हुन् भनेर सिधै किन नलेखेको’ भनेर सोध्यौँ। प्रकाशकले प्रत्युत्तरमा हामीलाई भने, ‘बुद्धिष्ट एसोसियसन अफ चाइनाबाट पाठको स्रोत उद्धरण गरिएको र प्राचीनकालमा लुम्बिनी भारतमा पर्ने हुँदा त्यहि बमोजिम लेखिएको हो।’

त्यसलाई पुष्टि गर्न उनीहरुले इमेल–पत्रसँगै चाइनिज बुद्धिष्ट एसोसियनको वेवसाइट लिंक पनि पठाएका छन्, जसको आधारमा पुस्तकमा सुरुमा ‘बुद्धको जन्म प्राचीन भारतमा भएको’ उल्लेख गरिएको बताइएको छ। त्यसआधारमा लुम्बिनी प्राचीन भारतमा पर्ने देखिएको र अहिले त्यो भूभाग नेपालमा पर्ने हुँदा त्यहि बमोजिम सच्याइएको प्रकाशकको स्पष्टीकरण छ।

हामीले सचेततापूर्वक गरेको सानो प्रयासले हङकङका स्कुलहरुमा साना नानीहरुको दिमागमा भरिँदै आएको गलत सूचना रोक्न सफल भएकोमा खुशी र गर्व दुवै प्राप्त भएको छ।

तर नेपाल र बुद्ध धर्मसँग सदियौंदेखि प्राज्ञिक र कुटनीतिक सम्बन्ध रहेको चीनको धार्मिक संस्था बुद्धिष्ट एसोसिएसनले नै जुन सूचना प्रवाह गर्यो त्यस्ता स्रोतहरुलाई सच्याउन जरूरी देखिन्छ। किनकी मुहानको रुपमा त्यस्ता स्रोतबाट बिभिन्न पुस्तकहरुमा सूचना संग्रहित भैसकेका छन्।

खोज्दै जाँदा भर्खरै सुखद खबर के फेला पर्यो भने बुद्धिष्ट एसोसिएसन अफ चाइनाले ‘बुद्ध प्राचीन भारतमा जन्मिएका थिए’ भन्ने सूचना जुलाई महिनादेखि सच्याइसकेको जानकारी आफ्नो विकिपेजबाट दिएको रहेछ। हामीले पत्र लेखेपछि त्यो किताब प्रकाशन गर्ने संस्था, जो बुद्धिष्टि एसोसिएसनसँग आवद्ध छ, उसले अवश्य छलफल गरेको हुनुपर्छ।

यदि हाम्रै कारण यति परिवर्तन संभव भएको हो भने त्यसमा हामीले गर्व किन नगर्ने? नेपाल खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah