बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक स्थित बेलडाँगी बजारमा बजार अनुगमन शुरु भएपछि ब्यापरीहरु पसल बन्द गरेको भागेको बताईएको छ । दमक नगरपालिकाको संयोजनमा खाद्य तथा गुण नियण्त्रण कार्यालय सहितको टोलीले बजार अनुगमन शुरु गरेको थियो ।
बेलडाँगीमा पसल अनुगमन गर्दा अधिकाँश खाद्य सामाग्रि उपभोग्य मिति सकिएको पाइएपछि आफ्नो पसलमा पनि त्यस्तै पाइने डरले ब्यापारीहरु पसल नै बन्द गरेर भागेको अनुगमनमा संलग्न एक सदस्यले बताएकाछन् ।
दमकमा बजार अनुगमन गर्दा अधिकाँश पेय पदार्थ र खाद्य सामाग्रिहरु दैनिक उपभोग्य मिति सकिएको पाइएको छ । अनुगमन समितिका ंयोजक भीम पौड्यालका अनुसार एक पटकलाइ ब्यापारीहरुलाइ कार्वाही नगरिएपनि भेटिएका सामाग्रिहरु नष्ट गर्न गरिएको छ ।
चाडपर्व नजिक आएसंगै दमकमा बजार अनुगमनलाइ तिब्र बनाइएको छ । कतिपयले मौसमि बजार अनुगमन भनेर टिप्पणि पनि गरेकाछन् । बजार अनुगमन समितिले बजार अनुगमन गरेर नगरपालिकालाइ प्रतिवेदन दिने बताएको छ ।



