सागर बुढाथोकी
काठमाडौं: दुई महिनाअघि २४ वर्षीय छोरी सरिताले आफ्नो कलेजो बुवा हिराकाजी महर्जनलाई दिएर बचाइन्। घटना छोरीले बुवालाई कलेजो दिएर बचाएको साहस र त्यागको मात्र थिएन्।
बुवाको उपचारमा परिवारको भएभरको सम्पत्ति सकिएको थियो। परिवारमा त्यसले सकंट थपिएको थियो। त्यो संकटमाथि पीडाको अर्को पहाड थपिएको छ।

लगन टोलमा भूकम्पले चर्किएको घरको चौथो तल्लामा हिराकाजीको ४ जनाको परिवार बसिरहेको छ। एउटा साँघुरो कोठाको एक कुनामा आल्मुनियमले बेरेर बुवा हिराकाजी महर्जन बसेका छन्। अर्कातिर आमा मन्जु, छोरी सरिता र सरिला बसिरहेका छन्। पुरानो माटाको घर भएकाले कोठाभित्र उज्यालो राम्रोसँग छिरेको छैन।
कुराकानीको सुरुवात सरिताले गरिन्, ‘बहिनी सरिला अहिले अत्यन्तै ‘फ्रस्टेड’ छे। के गर्ने कसो गर्ने केही सोच्न सकेकी छैन्। रोइमात्रै रहन्छे।’

सरिताले सरिलाको बारेमा कुरा गरिरहँदा सरिताको मुहार मलिन हुँदै गइरहेको थियो।

‘किन फ्रस्टेड सरिला के भयो?’

प्रश्न भुइमा खस्न नपाउँदै सरिला रुन थालिन्। छोरी रोइरहँदा आमा मन्जुले मन थाम्न सकिनन्। उनी झनै भक्कानो छोडेर रुन लागिन्। आमाछोरी एकअर्कालाई अंगालो मारेर रुन थाले। आल्मुनियमले बेरेको सिसाबाट बाबु हिरा आँखामा आँसु टिलपिल पार्दै हेरिरहे।

माहोल ठीक हुन धेरै समय लाग्यो।

बुवालाई कलेजो दिएर सरिता अझै आराम गरिरहेकी छिन्। बुवा हिराकाजी औषधि खाइरहेका छन्। अस्पताल र घरबाहेक दुवै बाहिर निस्किदैनन्। काम गर्न सक्दैनन्।

सरिताको आमा मन्जु बिरामी छिन्। मुटु, सुगर, प्रेसर र थाइराइको औषाधि खाइरहेकी उनी २ वर्षदेखि मिर्गौला पीडित हुन्।

 

उनका २ वटै मिर्गोला फेल भएका छन्। २ वर्षअघि बेहोस भएर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेको मन्जुलाई डाक्टरहरुले मिर्गौला फेल भएको जानकारी दिएका थिए। त्यसपछि उनी सातामा २ पटक निरन्तर डायलाइसिस गराइरहेकी छिन्।

डाक्टरले उनलाई तत्कालै मिर्गौला ट्रान्सप्लान्ट नगरे जे पनि हुने चेतावनी दिइसकेका छन्।

तर, मिर्गौला कसले दिने कुरा यसैमा अल्झिएको छ।

सरिताले २ महिनाअघि मात्र बुवालाई कलेजो दिएकाले उनले मिर्गौला दिन सक्दिनन्। हिरालाल कलेजो ट्रान्स्प्लान्ट गरेर बाँचेकाले अस्वस्थ छन्। उनी आफै जीवनसँग संघर्ष गरिरहेकाले उनले मिर्गौला दिन मिल्दैन।

सरिताको बहिनी सरिला फ्रस्टेड हुनुको कारणा यही हो। यही कारणले उनको परिवारमा दिनहुँजसो रुवावासी चल्छ।

आमाको पीडा सहन नसकेर सरिला आफै मिर्गौला दिन तयार छिन्। तर, आमा मान्दिनन्।
‘हामी त अस्‍ताउन लागेको घाम कहिले कतिबेला मरिन्छ थाहा हुन्न। छोरीको मिर्गौला बोकेर कतिन्जेल बाँच्नु। उनीहरुको पूरा जिन्दगी बर्बाद हुन्छ। उनीहरुले धेरै बाँचेर धेरै गर्नुछ,’ मन्जु भन्छिन्, ‘श्रीमानको उपचारमा घर जग्गा भएभरको सबै जायजेथा सकियो। अहिले औषाधि र अनेकथरी चेकअपले मासिक ५० हजारभन्दा बढी जान्छ। मेरो औषधिको मात्रै महिनाको ३० हजार नाघ्छ। मिर्गौला फेरेपछि झनै खर्च बढ्छ। दुइटा छोरीले कहाँबाट अब त्यत्रो पैसा ल्याउँछन् र उपचार गर्न तयार हुनु।’

तर, सरिला आमाको कुरा सुन्ने पक्षमा कहाँ छिन र!

‘दिदीले बुवालाई कलेजो दिएर बचाउनुभयो। म आमालाई मिर्गौला दिएर जसरी पनि बचाउँछु, मर्न दिन्न। पैसा जताबाट जे गरेर भए पनि खोजौंला।,’ सरिला भन्छिन्, ‘ममीलाई केही भयो भने हामी कसरी बाँच्नु। दिदीले बुवालाई बचाउँदा मैले आमालाई नबचाएको जस्तो हुन्छ। तर, आमा मान्दै मान्नुहुन्न।’

हिराकाजीको उपचार गर्दा ३५ लाखभन्दा बढी सकिएको थियो। पुर्ख्यौली सम्पत्ति, हिराकाजीले चलाइरहेको नेवारी खाजा घर र सरिताले चलाइरहेको बुटिक बेच्दा पनि उपचार खर्च नपुगेर उनीहरुले ऋण गरेका थिए। अहिले औषाधि खान पनि उनीहरुले ऋण गरिरहेका छन्।

जीवभर औषाधि खानुपर्ने बाध्यताको सँगसँगै मिर्गौला ठीक छ/छैन जान्नको लागि ट्रयाक लेभल चेक गर्नुपर्छ। अनेक चाँज गर्दा सामान्य मानिसहरुले अपरेशनपछिको खर्च धान्न सक्दैनन्।

सरितालाई अहिले यही चिन्ताले सताइरहेको छ। उनले बुवाको कलेजो ट्रान्सप्लान्टपछिको खर्च देख्दा पनि बुझिसकेकी छिन्। भन्छिन्, ‘हामी सोच्छौँ अपरेशन भएपछि सकियो। हैन रहेछ। त्यसपछि औषाधि र अन्य उपचारमा लाग्ने खर्चले मानिसलाई जोगी बनाउँदो रहेछ। अपरेशन गरेपछि हुने इन्फेक्सन झनै डरमर्दो।’

सरिला भर्खर १२ कक्षाको परीक्षा दिएर बसेकी हुन्। बुवा दिदी र आमा सबै बिरामी भएकाले घर उनले नै सम्हालेकी छिन्। सरिलाको दिदी सरिता भन्छिन्, ‘हामी सबै जना बिरामी भयौँ भने खाना समेत पकाउने मान्छे हुन्न। त्यसैले उसको र ममीको ब्लड ग्रुप मिले पनि मिर्गौला अन्तै खोजौँ भनेको तर केही विकल्प होला जस्तो छैन्।’

बुवालाई कलेजो दिएपछि घरै बसेकी सरिता अब काम नगरी परिवार पाल्न नसक्ने भएको बताउँछिन्। ऋणमाथि ऋण थपिएकाले अब केही गर्नु पर्ने बाध्यता छ उनलाई। तर, केही काम गर्न नसक्ने भएकाले जागिर उनलाई कसैले दिँदैनन्। त्यसैले उनी पहलाको जस्तै बुटिक सञ्चालन गर्ने तयारीमा छिन्। आमाको अपरेशनको टुङगो नभएकाले उनले केही सुरु गर्न सकेकी छैनन्।

सरिताले मानव अंग प्रत्यारोपणा केन्द्र‍मा आमाको मिर्गौला ट्रान्सप्लान्ट गर्न नाम लेखाइसकेकी छिन्। अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाएको धेरै भए पनि पालो आएको छैन्। मन्जुलाई अत्यन्तै गाह्रो भएकाले चाडै ट्रान्सप्लान्ट गर्नुपर्ने चेतावनी चिकित्सकहरुले दिइरहेका छन्।

अहिले मृत मानिसहरुको मिर्गौला पनि ट्रान्सप्लान्ट गर्न मिल्छ। त्यसको खोजी सरिताले धेरै गरिसकेकी छिन्। तर, पाउन मुस्किल छ। त्यसैले सरिला मानिसक रुपमा आमालाई मिर्गौला दिन तयार भइरहेकी छिन भने सरिता आमालाई मनाउने जिम्मा लिएर पैसाको जोहो गर्दैछिन्। पहिलोपोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah