काठमाडौं, १३ भदौ । एपी वान टेलिभिजबाट प्रशारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ले आफ्ना प्रतिस्पर्धीलाई कुनै जाति वा समुदायमा सिमित गर्ने अधिकार कसैलाई नभएको बताएको छ । आइडलका प्रतिस्पर्धीलाई सार्वजनिकरुपमा जात, धर्म र समुदाय अनुसार समर्थन र विरोध हुन थालेपछि आइडलले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

आइडलले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस राख्दै प्रतिस्पर्धीलाई जात, धर्म र समुदायकारुपमा प्रचार गराउने कार्यको विरोध गरेको हो ।

‘नेपाल आइडल एक अन्तराष्ट्रिय शो हो । यसको आफ्नै नियम र तरिका हुन्छ । अरु पर्दा ठिक, आफु पर्दा बेठिक र आफ्नो जात, धर्म अनि समुदायको हुँदा ठिक अरुको हुँदा बेठिक भनि यसको दुष्प्रचार गरेर यसमा भएका दशकै आइडलहरुलाई समुदाय वा एक जातीमामात्र सिमिति गर्ने अधिकार कसैलाई छैन,’ स्टाटसमा भनिएको छ ।

आइडलले कुनै प्रतिस्पर्धी यस्तो कार्यमा संलग्न भएमा उसको दावेदारी समेत खारेज हुन सक्ने बताएका छ । ‘यदी कुनै प्रतियोगी वा प्रतियोगिताको सम्बन्धितले त्यस्तो गरेमा सो प्रतियिोगीको दावेदारी खारेज हुन सक्छ । यदी त्यस्तो हुन गएमा त्यसको जिम्मेवारी कसले लिने ?,’ आइडलले भनेको छ ।

नेपाल आइडलका प्रतिस्पर्धीले पाएको भोट सार्वजनिक नगरेको भन्दै सामाजिक संजालमा भइरहेको टिप्प्णी प्रति आइडलले भोटिङको नियम परिवर्तन गर्न नसक्ने बताएको छ ।

‘कसैको सनक र अरण्ड्य रोदनको भरमा Fremantle Media Ltd ले नेपालका लागि भनेर यसको फरमेट र त्यसले तोकेको नियम परिवर्तन गर्न सक्दैन, त्यसैले शोमा विवादित गराएर यदि ती प्रतिभालाइ असर पर्ने भयो भने यति दुख गरेर सफलताको यो शिखरसम्म पुगेका नेपाल आमाका यी उत्कृष्ट सन्ततिहरुको पीडाको भागीदार को बन्ने ?,’ उसले भनेको छ, ‘एपी वान र नेपाल आइडलका लागि सबै प्रतियोगीहरू एकसमान छन् र रहनेछन्।’

नेपाल आइडलको टप फोरमा बुद्ध लामा, निशान भट्टराई, सागर आले र प्रताप दास पुगेका छन् । अब एक जना प्रतिस्पर्धी आफ्नो प्रस्तुतिमा दर्शकबाट पाएको भोटको आधारमा बाहिरिनेछन् भने बाँकी तीन जना फाइनल राउण्डमा जानेछन्। नेपाल आइडलको फिनाले असोज ६ गते कतारको दोहामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah