नेपाल प्राधिकरण प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्री र आफूबीच कुनै विवाद नभएको जनाएका छन् ।

केही सञ्चारमाध्यममा सार्वजनिक समाचारको खण्डन गर्दै उनले उर्जामन्त्री, अख्तियार र आफूलाई पनि जोडेर समाचार प्रकाशित भएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएका छन् ।

“विभिन्न सञ्चार माध्यमा माननीय ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मलाई जोडी संप्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहन्छु,” उनले विज्ञप्ति जारी गर्दै भनेका छन्,“ अहिलेको ऊर्जा संकट समाधान गरी ऊज्यालो नेपालनिर्माणगर्ने,निर्माणाधिन जलविद्युत तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम माननीयऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको अवस्थामा सम्प्रेषित यस्ता समाचारले नकारात्मक सन्देश प्रवाह गर्र्नेे छ ।

माननीय ऊर्जा मन्त्री, श्रीमान् उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको व्यहोरा समेत जानकारी गराउँदछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah