पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा १८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ ।

सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो — उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन । ६५ वर्षीया सुमित्रा विक र ७० वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन ।

सुमित्राले १३ सन्तानलाई जन्म त दिइन । तर, सबै छोरा छोरीको नाम पनि अहिले सम्झन मुश्किल हुन्छ । अझै त्यसमा ३८ जना नाति नातिनीको नाम कहाँ सम्झन सक्छिन र ? नाम सम्झन निकै सास्ती नै हुन्छ । पनाति पनातिना त कुन छोरीका हुन, उनलाई हेक्का नै हुँदैन ।

“बाह्र छोरा तेह्र नाति, हलो र जुवा बूढाको काँधमाथि” भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए ।

हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो ।

दुईतीन वटी छोरी जन्मेपछि परिवार नियोजनका लागि केही व्यक्ति घरमा आएको र सम्झाएका पनि हुन । त्यतिबेला छोरी र श्रीमतीका साथ भारतमा रहेको नरबहादुरले बताए । चार वर्ष मासिक ७५ तलबमा सेनामा काम गरेका उनले पछि कपडा बुन्ने काम गरे, जहाँ उनको तलब १५० थियो । त्यतिबेला छोरा नजन्मेकाले परिवार नियोजन गर्ने कुरा नै भएन ।

नवाँै सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो । छोरा जन्मेपछि पनि उनले अझै अर्को छोराको आशामा रहे तर छोरीलाई छोरासरह नमान्दा छोरा पाउने आशा हराउन सकेन ।

बच्चा नपाउन नरबहादुरकी श्रीमतीले दबाई खाएपछि झनै समस्या झल्नुप¥यो । आठ महिनासम्म रगत बग्यो, नफापेर नै होला । मरिन्छ की भन्ने डरले औषधि सेवन गर्न छाडेपछि फेरि चार छोरीको जन्म भयो ।

कुन छोराछोरीका कति सन्तान ?

सुमित्राको पहिली (जेठी) छोरी सुनिता रम्भा गाउँपालिका–१, बाँझबारीमा विवाह भयो । १५ वर्षको उमेरमा विवाह भएपनि उनले पनि १५ वर्षमै सन्तान पाइन् । चार छोरा र एक छोरीसहित पाँच जना सन्तान जन्मिए । जेठी छोरीतर्फ अहिले चार नाति छन ।  दोस्री भारती स्याङ्जामा विवाहपछि उनका तीन छोरी एक छोरा छन ।

उनका छोरीबाट पाँच नातिनी जन्मेका छन । तेस्रो सावित्री दुई छोरा एक छोरीसहित अहिले नवलपरासी बस्छिन । पहिला रम्भा गाउँपालिका, फोकिसकोटमा विवाहपछि बसाइँसराइ गरेर नवलपरासी गएका हुन ।

चौथौ गायत्री रम्भा गाउँपालिकाकी दुई छोरा, दुई छोरी र दुई नातिनी, पाँचौँ विष्णु भालढुंगामा दुई छोरा एक छोरी, छैटौँ शान्ति तीन छोरा एक छोरी, सातौँ सुकमाया, पाल्पा बर्दलेमा दुई छोरा, आठौँ फूलमाया एक छोरा, एक छोरी, नवौँ लोकबहादुरका एक छोरी दुई छोरा छन । नरबहादुरको ४६ वर्षको उमेरमा छोरा जन्मिएको थियो ।

दशौँ सुलोचनादेवी एक छोरा एक छोरी दिल्लीमा बस्छिन, रम्भाकी ११ औँ छोरी बनिसराका एक÷एक छोराछोरी छन । बाहौँ हरिकलाका सुनौलीमा एक÷एक छोराछोरी, तेह्रौँ छोरी पार्वतीका दुई छोरासहित नवलपरासीको सर्दामा बसाइ छ । सुमित्रा ३० वर्षमा पहिलो पटक हजुरआमा बनेकी हुन ।

अहिले पनि छोरीतर्फ नाति नातिना पलाँति जन्मने क्रम रोकिएको छैन । नरबहादुरले खुशीको कुरा सुनाउँदै भने “यस वर्ष चार÷पाँचवटा नातिनातिना देख्न पाइन्छ ।” नरबहादुरका जोडी खेतीपाती, पशुपालन र आरन पेशामा पहिले देखि नै सक्रिय छन् ।

बढी सन्तान समस्या नै समस्या

सुमित्राले १३ सन्तान हुर्काउन निकै सास्ती भयो । घरमा सासू ससुरा नभएपछि बच्चा हुर्काउन समस्या भएको उनी बताउँछिन । केही बच्चा आफ्नो साथमा र केही श्रीमानको साथ लगाएर काम गर्नुपर्ने बाध्यता रहेको थियो । धेरै सन्तान भएपछि एसएलसीसम्म पनि पढ्ने मौका कमै सन्तानले मात्र पाए । सुमित्रा निरोगीजस्तो देखिए पनि शारीरिक रुपमा कमजोर नै छिन ।

माइत जाँदा झनै समस्या

एउटा बच्चालाई काँधमा, एउटा काखमा र अर्कोलाई हातमा समातेर माइत गएको उनलाई सम्झना छ । बच्चा र झोला बोकेर माइत जानुपर्ने झनै समस्या हुने थियो । “केही बच्चा घरमै बाउसित राखेर माइत गइयो”, उनी भन्छिन । १३ सन्तानमध्ये सबै कुशलमंगल रहेकोमा सुमित्रा र नरबहादुरको जोडी सबैभन्दा बढी खुशी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah