काठमाडौँ, १३ भदौ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय भदौं १४ गते ५८ वर्ष लाग्दै छन्। हिजो सोमबार उपाध्यायलाई बिदाई गर्न मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनी मन्त्रीकै अगाडि धरधरी रोए। जुन देखेर विभागिय मन्त्री महेन्द्र यादव पनि भावुक बने।

झट्ट निर्णय लिने र कर्मचारीलाई परिचालन गर्न माहिर मानिने सचिव उपाध्याय पछिल्लो समय सामाजिक सञ्जालको अत्याधिक प्रयोग र केयुकेएल विवाद प्रकरणका कारण चर्चामा आएका थिए। उनले खानेपानी मन्त्रालयमा रहँदा मेलम्चीको कामलाई रफतारमा लैजाने, केयुकेएलका विकृति बाहिर ल्याउने, काठमाडौंका सडकमा खनिएका खाल्डा पुर्ने जस्ता कामलाई तिव्रता दिएका थिए।

भर्खरै तराईमा आएको बाढीपछि पीडितलाई खानेपानीको प्रबन्ध गर्न कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गरेका थिए। छोटो समयमात्र सचिवसँग काम गरेका मन्त्री यादवले सचिवको प्रशंसामात्र गरेनन् बरु उपाध्याय जस्तो सचिव पाएकोमा गर्व लागेको पनि बताए। सम्भवतः यसै साता बस्ने मन्त्री परिषद्को बैठकले उक्त मन्त्रालयमा नयाँ सचिवलाई पठाउने छ। emountaintv.com बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah