नेकपा माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेमा प्रवेश गर्ने समाचार सतप्रतिशत गलत र कपोल्कल्पित भएकाे बताएका छन् ।
दिउँसाे सामाजिक सञ्जालमा नेता श्रेष्ठले यस्ता समाचारकाे भ्रममा नपर्न अनुराेध पनि गरेका छन् ।

उनले भने, ‘म एमाले पार्टीमा प्रबेश गर्दैछु भनी एउटा अनलाइन मेडियामा प्रसारित समाचार सतप्रतिशत गलत र कपोल्कल्पित भएकाले कुनै भ्रममा नपर्न अनुरोध गर्दछु ।’
राजधानीबाट प्रकाशित एक अनलाइनले नेता श्रेष्ठलार्इ एमालेमा प्रवेश गर्ने बारेमा केपी अाेलीसँग छलफल चलिरहेकाे जनाएकाे छ ।
नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएपछि रमाइला प्रतिक्रिया अाएका छन् । उनकाे स्ट्याटस् माथि भएका प्रतिक्रिया यस्ता छन् ।



