सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किए लगत्तै  डा गोविन्द केसी बिरामी परेका छन्। २३ दिनको अनशनले थलिएका उनी राम्रोसँग नतंग्रिँदै बाढी प्रभावितको उपचारमा खटिएका थिए। अस्पतालबाट डिस्चार्ज भएकै भोलिपल्ट उनी राहत सामग्री र औषधि जुटाएर केही सहयोगी चिकित्सकका साथ सप्तरी पुगेका थिए।

केही दिन बाढी पीडितको सेवामा बिताएका उनी काठमाडौं फर्किएकै रातिदेखि बिरामी परेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा अभिशेकराज सिंहले जानकारी दिए। ‘उहाँ फर्केकै राति १२ बजे सुरु भएको पेट दुखाइ लगातार बिहान ४ बजेसम्म रह्यो। त्यसपछि  तुरुन्तै अस्पताल भर्ना गरिएको हो,’ उनले भने, ‘अहिले उहाँका स्वास्थ्य सम्बन्धी विस्तृत जाँच चलिरहेको छ।’

पटक–पटक गरी लामो समय अनशन बसेका डा केसीलाई पेट सम्बन्धी समस्याले गाँजेको आशंका चिकित्सकहरुले गरेका छन्। उनलाई ‘सिभिएर ग्यास्ट्राइटिस’ भएको आशंकामा भोलि भिडियो एक्स–रे र इन्डोस्कोपी गर्न लागिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah