खप्तड बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक हुन् । सन्न्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय रहेका उनी चिकित्सक थिए । भारत कश्मीरको नेहरू परिवारमा जन्मिएका उनले कोलकाताबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए । पछि भने उनको झुकाव अध्यात्मतिर भयो ।

उनले काशी (बनारस) को दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन र अध्यापन गरे । त्यसपछि साधनाका लागि १९८६ सालमा नेपाल आए । त्यस क्रममा डोटीको खप्तड लेकमा ५० वर्ष बसे ।

उनले मानव जीवनलाई शान्त, सुखी पार्न विचारको नियन्त्रणमा जोड दिए । विचार नै खुसी र दुःखको स्रोत भएको भन्दै उनले यसभित्रको रुप, रङ र प्रभावलाई ‘विचार विज्ञान’ भनेर नामकरण गरेका छन् ।

आत्मिक शक्तिलाई आफ्नो वशमा राख्न सुझाउने खप्तड बाबाले मान्छेले जस्तो सोचविचार गर्छ, ऊ त्यस्तै हुने भएकाले विचारको शुद्धतामा जोड दिएका छन् ।

आरोग्य रहने सरल साधन भन्दै उनले यी ५ उपाय सुझाएका छन्:

१. सदा प्रसन्न रहने गर । आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन् । चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयास गर । हास्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा आनन्दमा निमग्न रहने गर ।

२. दोष, दृष्टि तथा अहंकारको त्याग गर । गुणदर्शी बन र प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक ।

३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर छ । सदा आफ्नो मनलाई पवित्र र उत्तम लक्षणवान् बनाऊ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ ।

४. मौन धारण गर । व्यर्थ बकवास नगर । आत्म प्रशंसाको त्याग गर । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर । आफ्ना इच्छाहरुलाई आफ्नो अधीन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतीत हुन्छ । स-साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ ।

५. सबैसँग प्रेमपूर्वक व्यवहार गर । ‘ईश्वर सब प्राणीहरुमा समभावले स्थित छ ।’ यस कुरामा श्रद्धा राख । ‘म जे पनि गर्न सक्छु ।’ यो विश्वास राख । यस्ता विचारहरुले तिम्रो शरीरमा बल तथा पुष्टिको वृद्धि बनिरहला, किनभने तिमी जस्तो भावना गर्नेछौ, उस्तै नै बन्नेछौ । मानस-शास्त्रको नियम छ- जो कुरो बारम्बार मनमा उत्पन्न हुन्छ, त्यो विश्वासको रुपमा बदलिन्छ । आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ, उस्तै नै लक्षण प्रकट हुन लाग्दछन् । ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भय हुँदैन ।

(खप्तड बाबाको कृति ‘विचार विज्ञान’ बाट साभार)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah