राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका जिल्ला नेतासहित १८ जनाले सामुहिक रुपमा सो पार्टी परित्यागको घोषणा गरेका छन् ।
एकजना माओवादी केन्द्रका कार्यकर्ताले पनि पार्टी परित्याग गरेका छन् । पार्टीका नेताहरु पदीय स्वार्थ, सत्ताको लुछाचुँडीमा लागेर पार्टीको बदनाम गराएको भन्दै राप्रपाका ती नेता र कार्यकर्ताले पार्टी परित्याग गरेको जनाएका छन् ।

राप्रपाले लिएको हिन्दू राष्ट्र स्थापनाको मुख्य एजेण्डालाई पछिल्लो समयमा लत्याएको र पार्टी आफ्नो नीति र सिद्धान्तबाट विचलित भएको उनीहरुले दावी गरेका छन् । बुधवार विज्ञप्ति जारी गरी उनीहरुले आफू जस्ता स्वाभिमानी कार्यकर्ताको आत्मसम्मानमा पार्टीको नेताको गतिविधिले ठेस पुगेको भन्दै यस्तो परिस्थितिमा पार्टीमा बसेर अघि बढ्दा आफू पनि बद्नाम हुने र पार्टीको भविष्य पनि राम्रो नदेखेकोले साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले स्वतन्त्र नागरिकको रुपमा जीवनयापन गर्ने र सेवामा क्रियाशील रहने बताएका छन् ।

त्यसरी पार्टी परित्याग गर्नेहरुमा पूर्व क्षेत्रीय अध्यक्ष तथा हाल राप्रपाका जिल्ला सदस्य हल्दिवारी–१ बस्ने रत्नबहादुर अधिकारी, क्षेत्र नं. ५का क्षेत्रीय अध्यक्ष बाह्रदशी–२ बस्ने भीम कार्की, जिल्ला सदस्य हल्दिवारी–२ निवासी कुमार याक्सो, जिल्ला सदस्य तथा पूर्व गाउँ अध्यक्ष हल्दिवारी–१ का शिवबहादुर कटुवाल, बिर्तामोड नगरका उपाध्यक्ष देवी संग्रौला, बिर्तामोड नगरका उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि लक्ष्मी गौतम, बिर्तामोड नगर सदस्य तथा बुद्धिजीवी जिल्ला सदस्य उत्तम खनाल रहेका छन् ।

त्यसैगरी किसान संगठनका अञ्चल सदस्य हल्दिवारी–१ निवासी रामलाल कडरिया, जिल्ला सदस्य बाह्रदशी–३ निवासी धु्रव पोखरेल, क्षेत्र नं. ५का क्षेत्रीय उपाध्यक्ष बाह्रदशी–२ बस्ने केदारप्रसाद लम्साल, झापा गाउँपालिका उपाध्यक्ष मानबहादुर कटुवाल, बाह्रदशी गाउँ समिति सदस्य बमबहादुर कटुवाल, हल्दिवारी गाउँ कमिटी सदस्य गोविन्द घिमिरे, हल्दिवारीका पूर्व गाउँ समिति कोषाध्यक्ष इन्द्र उप्रेती, सक्रिय सदस्यहरु हल्दिवारी–१ निवासी हरिबहादुर निरौला, नन्द कटुवाल, मिनराज खतिवडा र राजेन्द्रकुमार गौतमले समेत राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । त्यस्तै बिर्तामोड–५ निवासी माओवादी केन्द्रका वडा संयोजक वीरबहादुर दर्नाल वीरुले समेत सो पार्टी परित्यागको घोषणा गरेका छन् । उनी उक्त पार्टीबाट स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार समेत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah