काठमाडौं, १४ भदौं – निर्वाचन आयोगले २०७४ साल मंसीर महिनामा सम्पन्न हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि बुधवारदेखि आचार संहिता लागू गरेको छ । आयोगले बुधवार एक सूचना प्रकाशित गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचार संहिता, २०७२ लागू गरेको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले निर्वाचन आचार संहिता बुधवारदेखि लागू गर्ने निर्णय गरेको आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोग बैठकले यसको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय तथा संवैधानिक निकायहरुलाई जानकारी गराउने समेत निर्णय गरेको छ ।

उम्मेदवारको हकमा भने यो आचार संहिता मनोनयन दर्ता भएको मिति देखि लागू हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचन आचार संहिता, २०७२ देहाय बमोजिम व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ :

(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) स्थानीय निकाय/तह,
(ग) स्थानीय निकाय/तहका कर्मचारी,
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी,

(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) सार्वजनिक पद धारण गरेको व्यक्ति ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah