बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकका जनप्रतिनिधि र राजनीतिक दलहरु दमकको सम्बृद्धिका लागि आवश्यक योजनाहरु छान्नमा ब्यस्त देखिनु भएको छ । वडास्तरका र नगरस्तरका ठूला तथा साना योजनाहरु छान्नमा उहाँहरु ब्यस्त देखिनु भएको हो ।
नगरपालिकाले पहिलो पटक बनाउन लागेको नगर प्रोफाइलमा सबै बिषय समावेश गर्ने उदेश्यले अहिले नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य र राजनीतिक दलहरु वाडका समस्या र समस्या सामधानका उपाय सहितका योजनाहरु छानिरहेकाछन् । सबै वाडबाट आएका योजनाहरुलाइ योजना बैकमा राख्ने उदेश्य रहेको नगरप्रमुख रोमनाथ ओलीले बताउनु भयो ।
नगरपालिकाले आयोजना गरेका बिभिन्न चरणका छलफल तथा बहसहरुमा रतुवा र मावा खोलाको तटबन्धन गरेर त्यहाँ प्रशस्नत जग्गा निकालेर आयआर्जनमूलक योजनाहरु ल्याउन सकिने बताएकाछन् । धेरैको माग रतुवा खोलालाइ पाता फर्काएर अर्थात तटबन्धन गरेर जमिन निकालेर बहुउपयोग गर्न सुझाव छ । यसले दमकको सम्बृद्धिको ढोका खोल्ने सुझाव धेरै आएको हो ।
खोलाले अहिले ओगटेको क्षेत्रलाइ ब्यवस्थित तटबन्धन गरेर जग्गा निकाल्दा पार्किङ, ठूला उद्योगहरु निर्माण, होटल तथा पार्कहरु निर्माण, आग्र्यानिक खेती गर्न सकिने लगायतका सुझावहरु आएको नगरप्रमुख ओलीले बताउनु भयो ।
नगर उपप्रमुख गिता अधिकारीका अनुसार नगर प्रोफाइल र नगरका बिकासका योजनाहरु छनौट गर्न भएका छलफलहरुमा दमकको पहिचान बनाउन सक्ने योजनाहरु समेत आएको जानकारी दिनु भयो । दमकलाइ शिक्षा, स्वास्थ्य क्षेत्रमा चिनाउने किसिमका योजनाहरु बनाउन सुझाव आएको जनाउनु भयो ।
प्रत्येक वडामा भएका पूर्वधार लगायतका सार्वजनिक महत्वका पूर्वधारहरुको लगत लिएर सम्भावित बनाउन सकिने पूर्वधार र योजनाहरु वाडध्यक्ष मार्फत आएको अधिकारीको भनाइ छ ।
दमकको डुबान समस्या सामधानका लागि ढल सहितको ब्यवस्थित सडक निर्माण, प्राविधिक तथा रोजगारमूलक शिक्षालय स्थापना, ब्यवसायिक कृषि तथा आधूनिक कृषि प्रणालीको बिकास लगायतका बिषयका योजनाहरु पनि आइरहेको बताइएको छ ।
शहरी बिकास मन्त्रालय मार्फत योजनाहरुको छनौट र बर्गिकरणको काम समेत शुरु भएकाले नगरप्रोफाइल आउदो माघ महिनासम्म बनिसक्ने जनाईएको छ ।
नगरको मुख्य भिजन देखि लिएर नगरपालिकामा आयआर्जन बढाउने, अधिक जनताले लाभ पाउने र वातवरणिय सन्तुलन राख्ने ठूला ३ वटा योजनाहरुको बिस्तृत परियोजना बिवरण नै बनाएर सम्बन्धित निकायहरुमा पेस गरिने बताईएको छ ।



