‘नाइलनको सारी’ बोलको गीत चोरीको बिवादपछि चलचित्र ‘छक्का पञ्जा २’ अर्को एक गीत पनि चोरीको विवादमा तानिएको छ ।

फिल्मको दोस्रो गीत पनि विवादमा तानिँदा निर्माता तथा अभिनेता दीपकराज गिरी ‘गीत चोरिएको नभएको’ भन्दै स्पष्टीकरण दिँदादिँदै हैरान बनेका छन् । चलचित्र ‘छक्का पञ्जा’ ले सफलता पाएपछि केही समूहले धारावाहिक रूपमा विरोधमा उत्रिएको दीपकराज गिरी बताउँछन् ।


शुरुमा चलचित्र ‘छक्का पञ्जा’ ले समाजमा नकारात्मक सन्देश फैलाउन खोजेको र महिला वर्गलाई गलत रूपमा चित्रण गरेको भन्दै दर्शकले विरोध गरे । विरोधका बावजूद यो चलचित्र युट्युबमा धेरै हेरिने चलचित्र समेत बन्यो । सोही चलचित्र पाइरेसी भएको विषयमा पनि सामाजिक सञ्जालमार्फत दर्शकले दीपकराज गिरीको चर्को आलोचना गरे । झन् यही विषयमा एक युवकले आत्महत्या समेत गरेपछि त उनलाई हत्यारा समेत भन्न भ्याए दर्शकले । तर त्यो घटना पनि साम्य भयो ।

त्यसको प्रभाव सेलाउन नपाउँदै विरोधमाथि विरोध पाइरहेका छन् गिरीले ।

चलचित्र ‘छक्का पञ्जा २’ को गीत नाइलनको सारीलाई आफ्ना हजुरबाको गीत चोरेको भन्दै नाति गायक प्रिन्स गन्धर्वले मुद्दा दायर गर्ने कुरा पनि चर्चामा आयो । विरोध भयो । तर कुरा यसै सेलायो । त्यसको विरोध सेलाउन नपाउँदै फिल्मको दोस्रो गीत ‘म त यता किनारामा’ सार्वजनिक हुनासाथ चलचित्रले संगीत चोरिएको भन्दै फेरि विरोध खेप्नु परिरहेको छ, गिरीले ।

चलचित्र ‘देवर बाबु’ मा संगीत दिएका सुरेश अधिकारीले भने संगीत चोरी नभएको बताएका छन् । उनले भने, ‘देउडाको संस्कृतिअनुसार लैजाँदा संगीत मिलेजस्तो लागेपनि संगीत चोरिएको होइन ।’ अधिकारी भन्छन्, ‘एउटै तालमा, बाजा हजारौं हुन्छन्, त्यसैले गर्दा एउटैजस्तो सुनिएको हो ।’

तर, दर्शकले भने ‘नाइलनको सारी’ लाई झैं यो गीतलाई पनि चोरी नै भनिरहेका छन् । दीपकराज गिरीले भने यो कुरालाई स्वीकार्दैनन् । ‘
झ्याम्म झ्याम्म, सालको पात, साइँला ज्यू जस्ता शब्द राख्दैमा चोरी भएको भन्ने एउटा समूह छ, वास्तवमा यस्ता गीतलाई पचासौंले गाइसकेका छन् ।’ उनी भन्छन्, ‘यदि यही गीत चलचित्रमा नराखेर अन्य माध्यमबाट सार्वजनिक भएको भए चोरीको कुरै उठ्ने थिएन ।’

चलचित्र ‘छक्का पञ्जा’ सफलतामा पुगेसँगै विरोध गर्ने समूह सक्रिय भएर बसेकाले नकारात्मक प्रतिक्रिया आउने गरेको बताउँछन् गिरी । उनी भन्छन्, ‘संगीतकारले नै चोरिएको छैन भनेपछि मलाई चोरी ग–यो भन्नुको कुनै अर्थ छैन ।’

यही गीत शुरुमा चलचित्रको लागि गाउने भन्ने पक्का थिएन । हास्यकलाकार हरिवंश आचार्यको समूहले गीत तयार गरेको रहेछ । यता दीपकराज गिरीको चलचित्रलाई पनि गीत चाहिएको थियो । यही सिलसिलामा गीतकार उत्तम सञ्जेलले चलचित्रमा राख्न सकिने भन्दै दीपकराजलाई गीत सुन्न भनेको र गीत मन परेकाले चलचित्रमा समावेश गरेको गिरी बताउँछन् । ‘त्यो गीत पनि दीपक–दीपाले चोरे भनेर आरोप आउँछ ।’, गिरी थप्छन्, ‘हामीले त गीत लेखेको पनि होइन नि ।’

चलचित्रमा पाएको सफलताले फिल्मक्षेत्रमै सक्रिय एकथरीले आफूलाई कमजोर बनाउन खोजेको गिरी बताउँछन् । ‘विवादमा आएपछि कानुनी रूपमा जान सकिन्छ, विवाद गरेर कमजोर पार्न खोजेर हुँदैन ।’, उनको आग्रह छ ।
बारम्बार विवाद आएपनि उनी भने यस्ता घटनालाई सामान्य रुपमा लिएको बताउँछन् गिरी । ‘विरोध हुनुलाई सामान्य रूपमा लिन्छु किनकि म धर्मगुरु होइन, साधारण व्यक्ति हुँ ।’, उनी भन्छन् ।

चलचित्र ‘छक्का पञ्जा २’ कै अर्को गीत नाइलनको साडी विवादमा आउँदा पनि पहिले विवाद भएको तर पछि सबैले स्वीकारेको गिरी बताउँछन् ।

एकथरी व्यक्तिले आफूले रामायण नै निर्माण गरेर प्रदर्शन गरेपनि ‘चोरी’ को आरोप लगाउन तयार भएर बसेका छन् भन्ने तर्क गर्छन् गिरी । भन्छन्, ‘विचलित बनाउन खोज्दा मलाई झन् हिट बनाइरहेका छन्, म विरुद्ध फिल्म क्षेत्रकै मान्छे खनिएका हुन् ।’ उनी भन्छन्, ‘दर्शकको माया त निरन्तर पाइरहेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah