बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा मासु पसलहरु तथा बद्यशाला यति धेरै अब्यवस्थित रहेको पाइएको छ की त्यो देख्यो भने मासु खान त के सम्झन पनि घिन लाग्ने भेटिएको छ । बजार अनुगमन समितिले अनुगमन गर्ने क्रममा यस्तो पाईएको हो ।
https://www.youtube.com/watch?v=ZsxtXwYQR_I&t=1s
दमक नगरपालिकाको स्वामित्वमा रहेको राँगा तथा भैसि काट्ने बधशाला त अझ फोहोरमाथि नै मासु राखेर बिक्रि गरेको पाईएको छ । झिगाँ भन्केको देखेर त्यहाँ गएकाहरु आफै पनि छक्क परेका थिए ।
राँगा काट्दा होस् या काटेपछि मासु राख्दा होस सबै फोहोर माथि नै हुने गरेको पाईएको छ । आन्द्राभूडि र छाला फ्याकेको देख्दा त कतिलाइ त उल्टि पनि आउन सक्ने देखिएको छ ।
साप्ताहिक रुपमा यहाँ रागा भैसीको मासु बिक्रि हुने गरेको बताइन्छ । त्यहिको मासु दमकका मासु पसलहरुमा आउने गर्छ । सायदै तपाइले यो भिडियो हेर्नु भयो भने मासु नै खाना छाड्नु हुन्छ होला या त सरसफाइयुक्तल ठाँउबाट ल्याएर खानुहुन्छ होला । एकपटक भिडियो हेर्नुहोस त ।
https://www.youtube.com/watch?v=ZsxtXwYQR_I&t=1s



