जनकपुरमा भएको एमाले मोर्चा संगठनको भेलामा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सूर्य चिन्ह अंकित टोपी लगाएको भन्दै निर्वाचन आयोगले नेपालमाथि २४ घन्टे स्पष्टिकरण सोध्यो । आयोगले औपचारिक रुपमै पत्र काटेर एमाले वरिष्ठ नेता नेपालमाथि निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लगायो ।
एमाले वरिष्ठ नेता नेपालले सम्बोधन गरेको त्यही भेलामा बाहिरबाट ढुंगामुढा गर्ने राजपालाई भने आयोगले अहिलेसम्म एउटा पत्रसमेत काटेको छैन । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग एक अनलाइन न्युज पोर्टलले लिएको अन्तरवार्तामा उहाँले मौखिक रुपमा त्यस घटनाप्रति आयोगको चासो भएको अनौपचारिक अभिब्यक्ति त दिनुभयो तर, एउटा टोपी लगाएको विषयमा एमालेमाथि यसरी २४ घन्टे पत्र काट्ने आयोगले दलको शान्तिपूर्ण कार्यक्रममा ढुंगामुढा गर्ने जस्तो हिंस्रह र आचार संहिता विरोधी अपराधमा औपचारिक रुपमा मुख खोलेको छैन ।
सञ्चार माध्यमले अन्तरवार्ताका क्रममा प्रश्न सोध्दा प्रतिक्रिया दिनु बाहेक एमाले कार्यक्रममाथि भएको ढुंगामुढामा आयोगले कुनै औपचारिक कारवाही अगाडि बढाएको छैन । हुन त भरतपुरमा मतपत्र च्यात्नेको माग बमोजिम नै फेरि चुनाव गराएको आयोगका प्रमुख आयुक्त यादवले भरतपुर सम्झेर चित्त नदुखाउन एमाले नेताहरुलाई आग्रह गर्नु भएको छ । यो जवाफका लागि जवाफ त होला, तर यसले न्यायिक औचित्य पुष्टि गर्न सकेको छैन र सक्नेछैन पनि ।
यही टोपी देखाएर आयोगले २४ घन्टे पत्र काटेको थियो
माधव नेपालले धनुषामा टोपी लगाएकोप्रति आपत्ती जनाउँदै आयोगले २४ घन्टे पत्र काटेको भोलिपल्टै माओवादी अध्यक्ष पुष्पकमल दाहालले रौतहटमा मतदातालाई १००० वटा ग्यास सिलिण्डर र चुल्होसमेत बाँड्न भ्याउनु भयो । कार्यकर्ता भेलामा चुनाव चिन्ह अंकित टोपी लगाउनु आचार संहिता विपरित भएको भन्दै पत्र काट्ने आयोगले मतदातालाई ग्यास सहितका सिलिण्डर र चुल्हो बाँड्नुलाई आचार संहिता उल्लंघन मान्छ कि मान्दैन ? निश्पक्ष रहनुपर्ने निर्वाचन आयोगको भूमिकामाथि अघिल्लै चरणका चुनावमा प्रश्न उठेको थियो । माधव नेपालको टोपी र पुष्पकमल दाहालको ग्यास सिलिण्डर प्रकरणले आयोगको निश्पक्ष भूमिकामाथि थप प्रश्न उठाइदिएको छ ।
बिहीवार रौतहटमा चुनावी अभियान लिएर पुग्नु भएका दाहालले बाढी पीडितका लागि सरकारबाट सहुलियत मिलाइदिने आश्वासन दिंदै एक हजार थान ग्यास सिलिण्डर र चुल्हो वितरण गर्नु भएको थियो । चत्रपथबाट



