युएई । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको बलमा सत्ता र राजनीति कब्जा गर्दा देश माफियाको हातमा गएको बताएका छन्। पौडेलले राजनीतिमा आदर्श, मूल्य र मान्यतालाई कमजोर पार्दै पैसा हावी हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
नेपाली जनसम्पर्क समिति युएईले गरेको कार्यक्रममा बरिष्ठ नेता पौडेलले देशको राजनीतिमा जस्तै पार्टीमा पनि पैसा हावी भएको बताए । पार्टीमा पैसा भएका र भ्रष्ट्राचारीहरु हावी हुन खोज्दा पार्टीको पङक्ति अन्यौलमा रहेको बताए । उनले पार्टी भ्रष्टाचार र भ्रष्टाचारीको पक्षमा नभएको बताए । हाम्रा कुरा बाट साभार



