किरण दाहाल/अन्नपूर्ण टुडे 

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम चरणमा आइपुगेको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनबाट हरेक साताको बिहीबार र शुक्रबार प्रसारित गायनमा आधारित ‘रियालिटी सो’ हो, नेपाल आइडल । लुकेर रहेका गायन प्रतिभालाई स्टेजमा ल्याएर गाउन सक्ने र पहिचान दिन देशका प्रमुख शहर नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौं अडिसनबाट छनोट गरिएका एक सय ५१ जनाबाट सुजाता पाण्डे, प्रताप दास, सागर आलेमगर, निशान भट्टराई र बुद्ध लामा ‘टप फाइभ’ नेपाल आइडलको प्रतिस्पर्धामा छन् । उनीहरूका गायनयात्रा, अनुभव र अपेक्षा यस्ता छन् :

‘नेपाल आइडल’ का उत्कृष्ट ७ मध्ये एक प्रतियोगी बाहिरिनेवाला थियो । गाला राउन्डको यो तीव्र प्रतिस्पर्धा हेर्नेकै मुट कत्ति धड्किइसकेको हुन्थ्यो, भिड्नेको हाल के होला ! २७ साउनको यो रोमाञ्चक भिडन्तमा प्रमिला राई, सागर आलेमगर र प्रताप दासले गाए, ‘उकालीमा जाँदाजाँदै दाहिने पर्‍यो वर..।’ सांगीतिक माहोलको एकैछिनपछि प्रमिला राई नेपाल आइडलबाट बाहिरिएको घोषणा भयो । गाउन्जेल ठिकठाकै थिए । भरमार दर्शक झुमाएकी प्रमिलाको स्नेहमा दर्शकहरूको आँशु बग्न थालिसकेको थियो । मञ्चमै रहेका सागर र प्रताप त रुनै थालिसकेका थिए ।

आइडलको ‘टप सिक्स’ बाट बाहििरएका सुरज थापा भन्छन्, ‘लामो समय सँगै बस्दा हामी एकै परिवारझैं भइसकेका छौं । कोही पनि टाढा नहोस् भन्ने हाम्रो चाहना हुँदा पनि प्रत्येक साता एकजनाले छोडेर जाँदा आँखा रसाउँछ ।’ त्यसो त, एकपछि अर्को गर्दै प्रतिस्पर्धी बाहिरिँदा नेपाल आइडलका निर्णायकलाई पनि न्यास्रो लाग्छ । प्रतियोगितामा संगीतकारद्वय न्ह्यु बज्राचार्य र कालीप्रसाद बाँस्कोटा अनि गायिका इन्दिरा जोशी निर्णायक छन् । आशलाग्दा प्रतिभा प्रतियोगिताबाट बाहिरिँदा दुःख लाग्ने बताउँछन्, निर्णायक मण्डलका सदस्य बास्कोटा । तर, यसलाई प्रतिस्पर्धाको नियमको रूपमा मात्र बुझ्दा सहज हुने उनको भनाइ छ । ‘यो प्रतिस्पर्धा गायनमा मात्र होइन । यसको मुख्य लक्ष्य नेपाल आइडल बनाउने पनि हो,’ उनले भने, ‘सबैको प्रतिभा एकदमै उत्कृष्ट छ । खेलको नियमअनुसार मात्रै बाहिरिनु परेको हो ।’

परिवारजस्तै साथीहरू

नेपाल आइडलको अन्तिम छनोटका क्रममा हरेक साता एक जना बाहिरिन्छन् । त्यो क्षण, परिवारको एक सदस्य गुमाएको जस्तै अनुभव हुने बताउँछन्, सहभागी निशान भट्टराई । भन्छन्, ‘अनायासै आँशु आउँछ । तर, आफू एक स्टेप अगाडि बढेँ भन्ने कुराले चित्त बुझाउनुपर्छ ।’ बिदाइमा रुनेहरूमा निशान मात्रै पर्दैनन्, सागर आले मगरलाई त साथीहरूले रुन्चे भनेर जिस्काउन थालेका छन् । साथीसँग छुट्टिँदा उनको आँशु बगिहाल्छ । ‘यस्तो अवस्थामा म सम्हालिनै सक्दिनँ,’ उनले भने । आइडलका साथीलाई परिवारजस्तै ठान्छन्, प्रताप दास । ‘साथी बाहिरिएको घोषणा हुँदा ऊसँग बिताएका पलहरू सम्झना हुन थाल्छन् । र, आँशु आउँछ,’ उनले थपे, ‘अबका ‘पर्फमेन्स’मा ऊ मसँग हुँदैन, उसका गीतहरू सुन्न पाइँदैन, मेरो छेउमा अब ऊ बस्ने छैन, जस्ता कुराहरू सोचिन्छ । साँच्चै, त्यो क्षण पीडादायी हुन्छ ।’

कठिनाइ छिचोल्दै

सुरजको संगीतप्रति सानैदेखि चाख थियो । त्यही संगीतकै कारण उनले जिन्दगीमा अनेक तनाव खेपे । एसएलसी पास हुने बित्तिकै आर्मी बनाउने बाबाको सपनाविपरीत गायक बन्न उनी भागेर काठमाडौं आए । भन्छन्, ‘त्यतिबेला भारतबाट बाबा आउने कुरा थियो । तर, उहाँभन्दा पहिले ममीसँगै पैसा मागेर म भागेँ ।’ काठमाडौँ आए पनि बस्ने ठाउँको टुंगो थिएन । नजिकका आफन्त पनि थिएनन् । उनलाई यो शहरले अलमलमा पारिदियो । कहिले साथीहरूको कोठामा बसे, कहिले टाढैकै भए पनि आफन्तकोमा । केही महिनापछि बाँच्नकै लागि उनी रिक्सामा चिजबल बोकेर बाटोबाटोमा बेच्दै हिँडे । झोलाभरि साबुन र सेम्पूहरू बोकेर अर्काको घरको ढोका ढक्ढक्याए । कपडा पसलमा भुइँ पुछ्नेदेखि सिसा पुछ्ने कामसमेत गरे । यसरी उनले अलिअलि पैसा कमाउन थाले । ‘घरबाट ममीले कहिलेकाहीँ पैसा पठाउनुहुन्थ्यो ।

त्यो पाँच दिन पनि पुग्दैनथ्यो । बाबा सधंै घर फर्की मात्रै भन्नुहन्थ्यो,’ उनले संगीतप्रति गरेका संघर्षका ती दिन सम्झे । आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा पढाउन नसकिने बाबा बताउँथे । तर, उनी आफैं पैसा कमाएर संगीत सिक्ने ध्याउन्नमा थिए । पछि उनले एफएममा गीत गाएवापत पुरस्कार जितेर एक वर्षका लागि सित्तैमा संगीत सिक्ने मौकासमेत पाए । बिहान कलेज जान्थे, दिउँसो काम गर्थे । राति मात्रै फुर्सद हुन्थ्यो । उनी संगीत सिक्न जाँदा कक्षाबाट सबै साथीहरू घर गइसकेका हुन्थे । ‘राति १० बजेसम्म म एक्लै रियाज गर्थे । अफिस बन्द भएपछि मात्र कोठामा फर्कन्थेँ,’ उनका साथीहरूले कहिलेकाहीँ भन्ने गर्थे, ‘तपार्इं सधंै एउटै पोशाकमा, राति किन आउनु हुन्छ ? ‘दिनभरि काम गर्नुपथ्र्याे, कोठमा जाने फुर्सद हुँदैनथ्यो,’ सुरजले उदास मुहारमा विगत सम्झिन खोजे । पछि उनले हार्मोनियम बजाउने कामसमेत पाए । यसले उनलाई सांगितिक क्षेत्रमा सम्बन्ध बढाउनसमेत सहयोग पुर्‍यायो । संगीत सिक्नकै लागि सुजाता पाण्डेले गरेको विद्रोह पनि कम छैन ।

उनी नेपाल आइडलको अन्तिम ६ मा पुग्न सफल एक मात्र महिला हुन् । संगीत सिक्नकै लागि उनले कैंयौं कठिनाइ भोगेकी छिन् । भन्छिन्, ‘पढेर ठूलो जागिर खाओस्, धेरै पैसा कमाओस् भन्ने परिवारको चाहना थियो । यो स्वभाविक पनि हो ।’ तर, उनको ध्याउन्न भने संगीततिरै थियो । घरमै बसेर गुनगुनाइ रहन्थिन् । यो कुरा लामो समयसम्म पनि उनको परिवारलाई थाहा भएन । पछि गाउँमा भएका कार्यक्रमहरूमा गीत गाउन थालिन् । उनको आमालाई छोरीले गीत गाउँदै हिँडेको मन पर्दैनथ्यो । बुबाले संगीत सिकाउने कुरा गर्दा आमाले धेरैपटक अस्वीकार गरेको बताउँछिन्, सुजाता । उनले भनिन्, ‘मलाई संगीतमा केही गर्छु जस्तो लाग्थ्यो, तर घरबाट सिक्न जान दिनुहुन्थेन ।

म एक्लैै बसेर रुन्थेँ । पढ्न बस्दा पनि किताबले मुख छोपेर धेरै पटक रोएकी छु । दिमाग नै अर्कैतिर भएपछि किताब हेरेर मात्र पढिँदोरहेनछ ।’ त्यसो त संगीत सिक्नकै लागि आमालाई फकाउने उनले अनेक प्रयास गरिन् । लुगा धुने, भाँडा माझ्ने र खाना बनाएर आमाको मन जित्न खोज्थिन् । आमा खुशी भएर संगीत कक्षामा जान पाइएला भन्ने उनको चाहना हुन्थ्यो । उनी रणनीतिमा सफल पनि भइन् । तर, कलेजको परीक्षाताका जहिल्यै संगीत कक्षा छोडेर पढाइमा ध्यान दिनुपथ्र्याे । यसरी संगीत क्लास छोड्ने र जाने चक्र लामो समयसम्म दोहोरिरह्यो । सुजाता सुनाउँछिन्, ‘मैले लामो समयसम्म संगीत सिक्न पाइनँ । त्यसैले तयारी पनि राम्रो भएन ।’

नेपाल आइडलसम्म

सुजातालाई संगीत सिक्न मात्र हैन नेपाल आइडलमा भाग लिन आउनसमेत गाह्रो परेको थियो । उनले आइडलबारे फेसबुकमार्फत् जानकारी पाएकी थिइन् । भाग लिन मन लागेको कुरा परिवारलाई भनिन् । तर, घरमा फेरि आमा नै बाधक बनिन् । ‘ममीको एकमात्र ध्यान मेरो पढाइमा थियो । उहाँ जहिल्यै मेरो पढाइ बिग्रन्छ भन्ने चिन्ता लिनुहुन्थ्यो,’ उनले भनिन् । इन्डियन आइडलमा जाने सपना बुनेकी सुजातालाई नेपाल आइडल खुल्नु खुशीको कुरा थियो । घरबाट बाहिर निस्कन नदिने आमाको कुराले उनलाई रिससमेत उठ्थ्यो । शुरुमा आफूले अडिसन मात्र दिने तर कार्यक्रममा भाग लिन काठमाडौं नजाने बाचा गरिन् । शुरु–शुरुमा पनि उनी विभिन्न कार्यक्रमका लागि अडिसन दिन्थिन्, तर, अन्तिमसम्म भाग लिन जान पाउँदिन थिन् । यस पटक पनि त्यही दोहोरिने उनलाई चिन्ता थियो । अडिसनमा नाम निस्किएपछि उनी चुप लागेर बसिनन् ।

idol

बुबासँग काठमाडौं जाने कुरामा जिद्धी गर्न थालिन् । उनको जिद्धीका अगाडि परिवारले हार खाए र उनलाई काठमाडौंसम्मको बाटो खोलिदिए । सुजाताले त्यसबेला परिवारसँग गरेको बाचा सम्झिइन्, ‘यो कार्यक्रममा भाग लिएपछि म अन्त कतै जाँदिनँ । संगीतमा मेरो यो अन्तिम सहभागिता हो भनेँ । बुबा त सकारात्मक नै हुनुहुथ्यो । तर, ममीलाई फकाउन मैले धेरै मिहिनेत गर्नुपर्‍यो ।’ परिवारलाई यो मेरो अन्तिम यात्रा हो भनी सम्झाए पनि संगीतयात्रा अब शुरु भएको ठान्छिन्, उनी । सागर आलेमगरले पनि नेपाल आइडल अडिसनको खबर फेसबुकमार्फत् नै थाहा पाएका थिए । साथीभाइले भाग लिन हौसाए । अडिसनमा जाँदा मान्छेको भीड देखेर आफू चुनिन्छु जस्तो नै लागेन, उनलाई । भन्छन्, ‘मलाई प्लेटफर्म चाहिएको थियो । राम्रो हो भने किन नजाने जस्तो भयो । सबैको मायाले ‘टप सिक्स’मा पुगेको छु ।’

आर्थिक अवस्था कमजोर भएकाले सागरको संगीतयात्रा पनि कष्टकर नै भयो । उनले भने, ‘घरको आर्थिक अवस्थाले संगीत सिक्ने माहोल कहिले पनि मिलेन । घरखर्च चलाउनै गाह्रो हुन्थ्यो । दाइहरूले एसएलसीपछि पढाइ छाडेका थिए । दाइकोभन्दा अलि सुविधा भयो र पढ्न पाएँ ।’ १२ कक्षाको परीक्षा दिएर बसेका उनले संगीत कक्षा भने लिन कहिल्यै पाएनन् । तर, उनको गीत गाउने रहरमा घरको साथ भने रहिरह्यो । ‘चितवन आइडल’, ‘नेपाली तारा’मासमेत उनले सहभागिता जनाइसकेका छन् । उनी नेपाल आइडललाई प्रतिभा प्रस्तुत गर्ने ‘गतिलो ठाउँ’का रूपमा व्याख्या गर्छन् ।

संगीत अर्थात् भविष्य

‘म संगीतबाट टाढिन सक्दिनँ । मलाई संगीतमा आफ्नो खुबी देखाउनका लागि नेपाल आइडल माध्यम थियो । यो मेरो गन्तव्य हैन, ’ जिन्दगीभर संगीतमा लाग्ने कुरालाई जोड दिँदै निशानले भने । परिवार पनि उनको संगीतप्रतिको रुचि देखेर खुशी छन् । स्कुले बेलादेखि नै उनले संगीत सिक्ने अवसर पाए । ‘प्लस टु’ सम्म मोरङमै पढेर काठमाडौं छिरेका निशान शंकरदेव क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययन गर्दैछन् । संगीत पनि सिक्दैछन् । उनलाई परिवारबाट कुनै काम गर्न कहिल्यै दबाब आएन । सानो छँदा उनी रेडियोमा बज्ने गीतहरू गुनगुनाइरहन्थे । कतै गीत बजेको सुने भने छेउमा गएर सँगैसँगै गाउँथे । पछिपछि त गाउँलेले उनलाई धेरथोर पैसा दिएरै गीत गाउन लगाउँथे । भन्छन्, ‘मलाई राम्राराम्रा गीत गाउन आउँथ्यो ।

पैसा आउने र चकलेट खान पाइने आशामा म गाउँलेहरूका अगाडि गीत गाइदिन्थेँ ।’ यस्तो वातावरणमा हुर्किएका निशान अब संगीतबाट टाढा हुन नसक्ने बताउँछन् । नेपाल आइडलले गायक हुने सपना देखाएको ठान्छन्, प्रताप । जिन्दगीमा जति पनि प्रयोगहरू संगीतमाथि नै गरिएकाले यसबाट अलग हुन नसक्ने उनले बताए । भन्छन्, ‘यतिका वर्ष संगीतमै खर्चिएको छु । मसँग विकल्प छैन । नेपाल आइडल भए÷नभए पनि म संगीतमै लाग्ने हो ।’ बुद्ध लामा संगीतलाई जिन्दगीको अभिन्न पाटोको रूपमा बुझ्छन् । दिदी पनि संगीततिर लागेकाले उनलाई यससम्बन्धी ज्ञान भयो । भन्छन्, ‘म दिदीसँगै बसेर गीतहरू गाउँथे । यो देखेर दिदीले मलाई संगीत सेन्टरमा भर्ना गरिदिनुभयो ।’ आफूले संगीतमा राम्रो गरेकै कारण अर्काे संगीत सेन्टरले उनलाई १ वर्षसम्म सित्तैमा संगीत सिकाइदियो ।

00_1

बुद्ध गीत गाउनकै लागि सभासमारोहमा जान्थे । पढाइका साथै संगीतलाई पनि अगाडि लैजान परिवारले उनलाई आग्रह गरेका छन् । अब आफूले पढाइका साथै संगीतलाई पनि सँगै लिएर जाने सोच बनाएका छन् । नेपाल आइडलमा भाग लिन आउनेहरू सबैले राम्रो गीत गाएको बताउँछन्, संगीतकार बाँस्कोटा । भन्छन्, ‘सबैसँग प्रतिभा छ, त्यो उहाँहरूले देखाइसक्नु भयो । बाहिरिनेहरूले पनि संगीत क्षेत्रमै लाग्नु भयो भने राम्रो गर्न सक्ने सम्भावना छ ।’

संगीतका लागि मरिहत्ते

लजालु स्वभावका सागर बोल्नसमेत लजाउँथे । एकपटक कक्षा ६ मा पढ्दा उनलाई सरले अगाडि आएर गीत गाउन भने । गीतमा लगाव भएका उनले एउटा गीत गाइदिए : ‘नजलाउ व्यर्थै छाती कसैको यादमा…।’ साथीहरूसामु गाएको पहिलो गीत हो यो, सागरको । त्यतिबेला साथीहरूको वाहवाही र शिक्षकको प्रंशसाले उनलाई गीत गाउन सक्छु भन्ने लाग्यो । यसपछि कार्यक्रमहरूमा गीत गाउँदै हिँड्न थाले । गाउँमा संगीतको माहोल नभएकाले उनी टाढाटाढासम्म नचिनेका कार्यक्रमहरूमा समेत पुग्थे । भन्छन्, ‘चिनेजानेको हुँदैन थियो तर पनि त्यहाँका आयोजकहरूसँग मलाई गीत गाउन दिनु भनेर अनुरोध गर्थेँ । कहिलेकाहीँ सुनाउन पाइए पनि धेरैले पछि दिउँला भन्दै टारिदिन्थे ।’ गीत सुनाउन नपाएर रुँदै फर्किएको अनुभव छ, उनीसँग । यस्तै विगत छ सुरजको पनि । उनी गीत गाउन र कार्यक्रममा भाग लिन कहाँमात्रै पुगेनन् ।

रेडियो, टीभी, स्टेज कार्यक्रमहरूमा उनको उपस्थिति हुन्थ्यो । नचिनेका ठाउँहरूमा पुग्थे । कुनै ठाउँमा उनको आवाज सुनिन्थ्यो, धेरैले अन्तिममा गाउन दिने आश्वासन दिएर टारिदिन्थे । उनी कार्यक्रम नसकिँदासम्म गाउन पाइने आशामा ढुकेर बस्थे । सानैमा बुबासँग भारत गएका सुरज १० वर्ष त्यतै बसे । बुबाले एउटा क्यासेट किनेका थिए, दिनभरि त्यसैमा गीत सुनेर बस्थे । यसरी नजानिँदो किसिमले संगीतप्रति आकर्षण बढेको थियो । सुजाताको पनि संगीतप्रतिको लगाव कम्ती चाख लाग्दो छैन । गाउँमा क्लबले कार्यक्रम आयोजना गरेको थियो । म पनि गाउँछु भनेर उनले आयोजकसँग आग्रह गरिन् । तर, चर्चित गायकहरू आएका र सानाले गाउन नहुने कुरा आयोजकले बताएपछि उनी रुन थालिन् । ‘पछि बाबाले भनिदिएपछि गीत गाउने मौका पाएँ । त्यतिबेला मलाई धेरैले पैसा दिएका थिए,’ उनले थपिन्, ‘एक जनाले मलाई चप्पल उपहार दिनुभएको थियो । मेरो पुरानो चप्पल त्यही कार्यक्रममा हरायो पनि ।’ अन्न पूर्ण बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah