बिष्णुप्रसाद पोखरेल

दमक/झापाको दमकमा असोज १ गतेदेखि प्लाष्टिकजन्य चियाकप तथा प्लेट प्रयोग गर्न समेत प्रतिबन्ध लगाएको छ । जन स्वास्थ्यलाई प्रतिकुल असर पार्न सक्ने प्लाष्टिकजन्य चियाकप प्लेटलाई प्रतिबन्ध गरी वैकल्पिक व्यवस्था गर्ने निर्णय भएको नगरप्रमुख रोमनाथ ओलीले बताउनु भएको छ ।

चिया पिउन कागजको कप प्रयोग गर्ने र तातो खाद्य पदार्थ प्रयोग गर्न समेत कागज प्लेट वा दुना टपरा मात्र प्रयोग गर्ने नीति लिइएकाले यसलाइ लागु गराइने ओलीले जनाउनु भएको छ ।

जातिय संस्कारमा जोडिएर उक्त अवस्थामा प्रयोग गर्न यसले बाधा पु¥याएको नमानिने समेत निर्णयमा उल्लेख रहेको छ । प्लाष्टिक र प्लाष्टिकजन्य सामाग्रि प्रतिबन्ध लगाउने क्रममा यो पनि प्रतिबन्ध भएको हो ।

यसैगरि नगरपालिकाले मानव स्वास्थ्य र वातावरण असर पार्ने खादाहरु प्रयोग पनि रोक्ने भएको छ । त्यसको विकल्पमा फुल गुच्छा र सुति कपडाका खादाहरु प्रयोग गर्न आग्रह गरिएको छ ।

असोज १ गतेदेखि नै लागु हुने गरी कुनैपनि नागरिकहरुले सडकमा निर्माण सामाग्री डम्पिंग गर्न नपाइने र गृह लगायत अन्य निर्माणका लागि सामाग्री बाटामा खसाउनु पर्ने भए १ दिन भित्र सडक खाली गरि सक्नु पर्ने नियम बनाएको छ ।

यदि खाली गर्ने उपाय छैन भने टोल विकासको सिफारिसमा वडा समितिले समय तोकेर यातायातलाई बाधा नपर्ने गरी अनुमति दिन सक्ने प्रावधान ल्याइएको नगर उपप्रमुख गिता अधिकारीले बताउनु भयो । उक्त अनुमतिको म्याद ३ देखि ५ दिनसभन्दा बढिको हुनेछैन ।

सडने वा नसडने जुनसुकै प्रकारका ठोस पदार्थहरु नालामा फाल्न पूर्ण रुपमा बन्देज हगरिएको छ । नाला, ढल पानी बग्नका लागि मात्र हुने र नालामा ट्वाइलेटबाट दिशा पिसाब बगाएको पानी हाल्न समेत रोकिएको बताईएको छ ।

विना अनुमति सडक पेटीमा कसैले पनि अस्थायी रुपमा सडक अवरुद्ध गरेर पसल व्यवसाय संचालन गर्न रोक लगाईएको छ । लामो समय देखि फुटपाथ मै पसल संचालन गर्दै आएका व्यापारीलाई व्यापारको प्रकृति र पसल संचालन गर्ने स्थान हेरी अस्थायी अनुमति दिइनेछ निर्णय भएको अधिकारीले जानकारी दिनु भयो ।

यसैगरि घर निर्माण गर्दा निर्माण सामाग्रीबाट नाला पुरिन गएमा सम्बन्धित घरधनीले नै सफा गर्नुपर्नेछ नीति नगरपालिकाले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah