काठमाडौं, १७ भदौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा एमाले पहिलो दल हुने ठोकुवा गर्दै एमाले विरुद्ध कुचो लिएर नआउन आग्रह गर्नुभएको छ । एमालेले २ नम्बर प्रदेशमा स्थानीय तहमा बहुमत ल्याउने र प्रादेशिक संसदको चुनावमा बहुमत ल्याएर सरकार बनाउने समेत वताउनुभयो ।
पार्टीको प्रदेश नम्बर २ सम्पर्क कमिटीले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले विरुद्ध जसजसले मोर्चाबन्दी गरे पनि फरक नपर्ने वताउनु भयो । ‘एमालेका विरुद्ध सबैभन्दा बढी झुठ र भ्रम फिंजाइएको छ । देशलाई नोक्सान पुर्याउन खोजिएको छ’ ओलीले भन्नुभयो, ‘कहिले एमाले निषेध भन्छन्, कहिले कुचो लिएर सडकमा आउँछन् । किन कुचो देखाएको बुझ्नु भएको छ ? कुचोले आफ्नै घर बढारे हुन्छ, चुनावमा एमालेले भोट ल्याउँछ ।’
तराई मधेसको विकास र सामाजिक न्यायका लागि एमालेले काम गरेका कारण एमाले विरुद्ध एक्लै प्रतिस्पर्धामा आउने आँट अन्य दललाई नभएको ओलीको भनाई थियो । ‘उनीहरुले २० वर्ष मन्त्री भएर के गरे ? छिमेकीलाई इनार छुन दिएनन्, दाइजो नल्याउनेलाई जलाए, आयातित एजेण्डामा हिंसा मच्चाए । अहिले एमाले विरुद्ध प्रतिस्पर्धा गर्न कसरी एक्लै आउन सक्छन् ?’ ओलीले भन्नुभयो, ‘हामीले तराईका विकास निर्माणका काम गर्यौं, स्वास्थ्य, शिक्षा, सडक बनाउन बजेट हाल्यौं, गरिवहरुलाई आवास बनाउन लाग्यौं, शहरीकरणका लागि हामीले बजेट हाल्यौं, हुलाकी राजमार्गका लागि हामीले काम गर्यौं । एमाले विरुद्ध उनीहरुले लगाउने आरोप छैन । त्यसैले एमालेले मधेसीलाई बिहार जाउ भन्यो भन्दिन्छन् । एकछिन् भ्रम पार्छन् ।’
‘एमालेका विरुद्ध सबैभन्दा बढी झुठ र भ्रम फिंजाइएको छ । देशलाई नोक्सान पुर्याउन खोजिएको छ’ ओलीले भन्नुभयो, ‘कहिले एमाले निषेध भन्छन्, कहिले कुचो लिएर सडकमा आउँछन् । किन कुचो देखाएको बुझ्नु भएको छ ? कुचोले आफ्नै घर बढारे हुन्छ, चुनावमा एमालेले भोट ल्याउँछ ।’
विदेशी एजेण्डाको भारी बोकाएर तराईवासीलाई मानवविकास सूचकांकको सवै भन्दा पछिल्लो स्थानमा राखिएको र त्यहाँ विकास र जनचेतना जगाउन समेत अवरोध गरिएको ओलीको भनाई थियो । उहाँले चुनावपछि तराई मधेसमा जागरण अभियान लिएर जाने समेत वताउनुभयो । ‘चुनावपछि हामी तराईमा जागरण अभियान लिएर जानुपर्छ । तराईमा शिक्षाको अवस्था हेर्नुस्, सुगम ठाउँमा मानव विकासको सूचकांक कहाँ छ ? यसलाई छोपेर गलत उद्धेश्यका लागि भड्काउने, आयातित उद्धेश्य लिएर भड्काउने प्रयास उनीहरुले गरेका छन्’ ओलीले भन्नुभयो, ‘एमालेको सिरानीमा देशवासी छन् । हामीसँग आत्मविश्वास छ, चुनाव पनि जित्छौं ।’
तराईमा विकासका काम अघि बढाउन, लोकतान्त्रिक अभ्यासलाई अघि बढाउन र सामाजिक सद्भाव बढाउन एमालेलाई जिताउनु पर्ने ओलीको भनाई थियो । गलत र देशहित विरोधी नीति भएका शक्तिहरुले एमालेसँग एक्लै भिड्ने आँट नगरेको ओलीको भनाई थियो । ‘हाम्रँ विरुद्ध मोर्चाबन्दी हुन्छ, किन हुन्छ ? एमाले विरुद्ध सिधा र एक्लै लड्न आउने आँट कसैको छैन’ ओलीले भन्नुभयो, ‘मिलेर आए पनि एमाले नै जित्छ । सवै मिल्दा मिल्दा पनि पुगेन । के गरिएन ? मतपत्र च्यातिएन कि ?’ एमाले विरुद्ध मोर्चाबन्दी गर्नेहरु पराजित भएपछि अर्कैतिर ‘आमा’लाई गुहार्न जाने ओलीले वताउनुभयो ।
‘मिलेर हाम्रा विरुद्ध आउने र हाम्रा विरुद्ध आमा गुहार्नेहरु हारेपछि आमा भन्दै जान्छन् । जित्नेले आमा भन्या सुन्नु भएको छ कतै ?’ ओलीले भन्नुभयो, ‘हामी विरुद्ध सकेसम्म तालमेल गरुन् । बैशाखी त्यतिबेला चाहिन्छ जतिबेला खुट्टाले काम गर्दैन ।’
धुम्बाराहीको कार्यक्रममा ओलीको सम्बोधनको भिडियो हेर्नुहोस्:
https://youtu.be/k5LGOZxSt-w
चक्रपथ बाट साभार



