नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने दावी दोहो-याएका छन् ।

ओलीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्ने दावी गरे ।
चितवनको भरतपुरमा अनेरास्ववियुको केन्द्रिय कमिटि र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आइतवार सम्वोधन गर्दै अध्यक्ष ओलीले ‘धुपौरेहरु’का कारण एमालेको विजययात्रा नरोकिने दाबी गरेका हुन् ।

‘राज्यका संयन्त्रको चरम दुरुपयोग गरेर, धादली गरेर मतपत्र च्यातेर हारेकोलाई जिताउदा समेत एमाले प्रमुख पार्टीको हैसियत हालिस गर्न सफल भयो’ ओलीले भने, ‘असोज २ गतेको चुनावमा एमाले कम्तिमा पहिलो पार्टी बन्छ ।’

ओलीले एमाले बिरुद्ध कांग्रेस र माओवादीको गठबन्धनले आफ्नो पार्टीलाइै चुनाव जित्न रोक्न नसक्ने दावी गरे । ‘हाम्रा विरुद्ध अनेक मोर्चाबन्दी भएको छ, पार्टीहरु मिल्दैमा आत्तिनु पर्दैन, ती पार्टी कत्रा छन् ? अनेरास्ववियु जत्रा पार्टी कतिवटा छन् ?’ उनले प्रश्न गरे ।

कार्यक्रममा ओलीले कांग्रेस र माओवादीको आलोचना गरे । उनले कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्न लाज मान्नु पर्ने टिप्पणी गरे ।

‘क्यारेम्बोडको गोटी बच्चाले हान्छ, जानेको त हुँदैन, तर कुनै न कुनै गोटी गएर प्वालमा छिर्छ । माओवादीको गोटी त्यसैगरी छिर्यो, ०६४ सालको चुनावमा भवितव्य भयो । फेरि त्यो दोहोरिनेवाला छैन इतिहासमा । मैले त उसैबेला भनेको थिए– तातोलागेको बेला २ माना दूध एकपाथीको भाडोमा नअटाएर पोखिन्छ’ ओलीले भने, ‘माओवादीको उम्लिने समय सिद्धियो, अब दाउरा पनि छैन, ग्यास पनि छैन् !’
कांग्रेस अनेरास्ववियु जत्रो !

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई एमालेको भातृ संगठन अनेरास्ववियु भन्दा अलि ठूलो भएको टिप्पणी गरे । ‘एउटा अनेरास्ववियु जत्रा पार्टी कतिवटा छन् ? कांग्रेस भएको भए हामी छौ भनेर हात उठाउथ्यो ।

अनेरास्ववियु जत्रै छ कि अझ ठूलो चुनावमा हेरौला ! अरुले त अनेरास्ववियुसँग हात उठाउन पनि सक्दैनन् ? ३३ पार्टी मिल्छन, मिलेर हुन्छ के ? ३३ पार्टीको जुलुमा ३४ जना मानिस हुन्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah