विराटनगर : सुनसरी कालाबन्जरकी अस्मिता रोक्कालाई साउन १३ गते बिहान ५ बजे नचिनेको नम्बरबाट म्यासेज आयो। निद्रा नखुल्दै मोबाइलको घन्टी बजेपछि उनी झस्किइन्। विदेशी नम्बरजस्तो थियो। उताबाट बोल्नेले मोबाइलमा आएको चार अंकको म्यासेज भनिदिन आग्रह गर्‍यो। अस्मिताले परिचय मागिन्। ‘परिचय पछि गरौंला अहिले नम्बर भन्नुस् न इमर्जेन्सी छ’ भनेपछि उनले उक्त नम्बर दिइन्।

उक्त नम्बर आफैंले प्रयोग गर्ने इमोको पासवर्ड रहेछ। पासवर्ड दिएलगत्तै अपरिचित व्यक्तिले फोन राख्यो। अस्मिताको मोबाइल नम्बर पत्ता लगाएर इमो एकाउन्ट खोलेको अपरिचित व्यक्तिले पासवर्ड प्राप्त गर्‍यो। त्यही दिनदेखि अस्मिताको निद्रा खोसिएको छ। ती व्यक्तिले इमो एकाउन्टमा भएका केटी साथीहरूलाई खोजी–खोजी फोन नम्बर माग्दै पासवर्ड उम्काउँदै छ। अस्मिता नै होला भन्ने सम्झेर साथीहरूले पासवर्ड सजिलै दिने गरेका छन्। अन्न पूर्ण पोस्ट मा खबर रहेको छ

मोरङको सलकपुरमा रहेकी अस्मिताकी काकी प्रमिला पहाडीलाई उक्त रात सोही इमोबाट नम्बर मागी पासवर्ड पनि प्राप्त गर्‍यो। भतिजीले मागेको होला भन्ठानेर प्रमिलाले सजिलै पासवर्ड दिइन्। भोलिपल्ट उनको इमो एकाउन्टमा जोडिएकी मोरङ पथरीशनिश्चरे–८ की लिना तामाङ पनि अपरिचितको निशानामा परिन्।

सामाजिक सञ्जालमार्फत आपराधिक गतिविधि बढ्यो, एउटीले इमोको पासवर्ड दिएपछि साथीहरू पनि फसे, अश्लील तस्बिर सार्वजनिक गरी महिलाको चरित्रहत्या

उनीहरू अहिले यसरी शृंखलाबद्ध रूपमा फसिरहेका छन्। आफ्नो एकाउन्टबाट अश्लील तस्बिर सार्वजनिक तथा गालीगलौज गर्न थालेपछि लिनाले अन्य पीडितको नामसमेत उल्लेख गरी बेलबारीस्थित प्रहरी कार्यालयमा उजुरी हालिन्। उनले शुक्रबार प्रहरी कार्यालयमा उक्त विदेशी नम्बरका भरमा प्रहरीमा उजुरी दिएकी हुन्।
‘हामी प्रहरी कार्यालयमा न्याय माग्न आएका छौं’, उनले भनिन्, ‘तर, प्रहरीले यसलाई गम्भीर रूपमा लिएको छैन, हामी चाहन्छौं कि दोषी पत्ता लगाएर प्रहरीले सजाय दिओस्।’

उक्त नम्बर मलेसियाबाट आएको पत्ता लागेको छ। बेलबारी इलाका प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक रामजी कटुवालले साइबर अपराध भएको हुनाले यो घटनालाई माथिल्लो निकायमा पठाएको जानकारी दिए।

अस्मिताबाट सुरु भएको यो प्रक्रिया अहिले पूर्वका सयौं युवतीसम्म पुगेको छ। इमो एकाउन्ट हात पारी केटी साथीसँग मात्र परिचित ढंगले कुरा गर्ने अनि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर बेइज्जती गर्नेसम्मको काम भइरहेको छ। यसबाट सामाजिक सञ्जाल प्रयोग गर्ने महिला त्रसित बनेका छन्।

यो घटनालाई गम्भीर रूपमा लिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले जानकारी दिए। ‘सामाजिक सञ्जाल प्रयोग गरी आपराधिक गतिविधि बढिरहेको छ’, उनले भने, ‘महिलालाई मायाजालमा फसाएर, धम्क्याएर उनीहरूको चरित्रहत्या गर्नेलाई हामी कडा कारबाही गर्छौं।’
विज्ञान–प्रविधिसम्बद्ध पत्रिका ‘लिभिङ विथ आइसीटी’का सम्पादक राजन लम्साल महिलालाई निशाना बनाएर सामाजिक सञ्जालमा अपराध बढिरहेको बताउँछन्। ‘जति–जति प्रविधिको विकास हुँदै छ त्यति नै जोखिम पनि बढिरहेको छ’, उनी भन्छन्, ‘इमो एकाउन्ट नै ह्याक गरेर अश्लील कुराको प्रचार गर्नुको तात्पर्य नेपाली मार्केटमा पोर्न व्यवसायी छिरेको संकेत हुन सक्छ।’ यसविरुद्ध जनचेतना अभाव रहेको उनी बताउँछन्।

सामाजिक सञ्जालमा आपराधिक गतिविधि गर्नेलाई कारबाही गर्न गाह्रो नभएको उनको ठम्याइ छ। विदेशी भूमिबाट भएका आपराधिक कार्य इन्टरनेट प्रयोग गरेको आईपी एड्रेसको सहायताले पत्ता लगाउन कठिन नहुने उनी बताउँछन्। उनका अनुसार सामाजिक सञ्जालमा धेरैको पहुँच पुगे पनि प्रयोगबारे ज्ञान अभाव छ। आफ्नो पासवर्ड प्रयोगबारे सचेत रहन र अपरिचितलाई कुनै पनि साइटमा तत्काल साथी नबनाउन उनको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah