वैज्ञानिकहरूले मान्छेको शरीरको भित्रसम्म हेर्न मिल्ने क्यामरा निर्माण गरेका छन् ।

यो क्यामराले चिकित्सकहरूलाई एन्डोस्कोपीहरू गराउनका लागि सहज बनाउँछ ।
अहिलेसम्म चिकित्सकहरू एक्सरे लगायतका महंगा स्क्यान गरेर रोगीको स्थितिको बारेमा जानकारी लिन्थे ।
नयाँ क्यामराले शरीरभित्रको उज्यालोको स्रोत पत्ता लगाएर तस्वीर लिन्छ । एन्डोस्कोपी मशिनको लामो लचकदार ट्युबको टुप्पोमा रहेको चमकलाई नै क्यामराले पत्ता लगाउने हो ।
एडिनबरा विश्वविद्यालयका प्राध्यापक केभ धलिवालले भने, ‘क्यामरामा भएका अनेकौं एप्लिकेसनसँग भारी सम्भावना छ । डिभाइस कहाँ छ भन्ने थाहा पाउनु स्वास्थ्यसेवाका अनेकौं पक्षमा महत्त्वपूर्ण हुन्छ । रोगको उपचारमा बाहिरी उपकरण सकेसम्म कम प्रयोग गर्ने सुविधा दिलाउन हामी अघि बढ्दैछौं ।’
हेरियोट–वाट विश्वविद्यालयका डाक्टर माइकल ट्यानरले स्वास्थ्यसेवाका समस्याहरूलाई सम्बोधन गर्नका लागि यसले मद्दत गर्ने बताए ।
बीबीसीबाट



