दमक/झापा दमकका युवा नेता कर्मा पुलामी माओबादी केन्द्र निकटको वाइसिएल प्रदेश नंंं. १ को संयोजक बनेकाछन् । आज झापाको दमकमा भएको भेलाले उनलाइ संयाजकको जिम्मेवारी दिएको हो । उनि केहि समयअघि वाइसिएलको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।
पुलामी जनयुद्ध लडेका लोकप्रीय युवाहुन् । लामो समयदेखि वाइसिएल झापालाइ हाक्दै आएका उनले सोमबारदेखि प्रदेश संयोजकको जिम्मेवारी पाएकाहुन् । पुलामीले आफूले युवाहरुलाई सकारत्मक सोच र जनताको सेवामा समर्पित गराउनका लागि भूमिका खेल्ने बताएकाछन् ।



